गुल्मी प्रशासनका कर्मचारीद्वारा राहत कोषमा सहयोग
गुल्मी, कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुद्वारा कोरोना राहत कोषमा रकम सहयोग भएको छ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा कर्मचारीहरुद्वारा ८० हजार ४ सय ९८ रुपैयाँ राहत रकम जम्मा गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । उनका अनुसार प्रशासन कार्यालयमा कार्यरत २८ जना कर्मचारीबाट उक्त रकम जम्मा गरिएको हो ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्