Shittalpati
माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनेकल इनोभेसन’ अवार्ड

पाल्पा, माछापुच्छ्रे बैंक लिमिटेडले अवार्ड प्राप्त गरेको छ । बैंकले भारतको बैंगलोरस्थित बहुराष्टिय सुचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित भएको हो ।

ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’ पुरस्कारबाट सम्मानित भएको हो । विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदम चालेको छ । इन्फोसिस फिनेकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ । 

यस वर्ष विश्वभरिबाट २ सय भन्दा बढी कम्पनी विभिन्न विधामा मनोनयनमा परेका थिए । माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १ सय ६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १ सय ३३ शाखारहित बैंकिङ सेवा, २ सय ३ एटीएममार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update