Shittalpati
१ सय ५१ मजदुरहरुलाई रामपुर नगरपालिकाले गन्तव्यसम्म पठायो

पाल्पा(रामपुर), जिल्लाको रामपुर नगरपालिकाले भने नगर क्षेत्रमा कार्यरत मजदुरहरुलाई गन्तव्य सम्म पठाएको छ । लकडाउनका कारण काम ठप्प हुँदा अलपत्र परेका थप १ सय ५१ जना लाई गन्तव्य सम्म पठाएको हो । रामपुर क्षेत्रका भवन, सडक निर्माण तथा विभिन्न उद्योगहरुमा कार्यरत मजदुरहरु मध्ये ठेकेदारको सम्पर्कमा रहेकालाई ठेकेदारको खर्चमा, गाडी भाडा तिर्न नसक्नेहरुलाई नगरपालिकाले आफ्नै खर्चमा प्रशासन संग समन्वय गरी पठाएको हो ।

सोमबार २ वटा जिप मार्फत ३८ जनालाई र मंगलबार २ वटा बस र २ वटा जिप मार्फत १ सय १३ जनालाई पठाएको छ । लकडाउनका कारण काम विहिन बन्दा मजदुरहरु थप समस्या परेको भन्दै घर सम्म पुग्ने उनीहरुको चाहाना अनुसार सम्बन्धीत गाउँ सम्म पठाएको नगर प्रमुख रमण बहादुर थापाले बताए । नगरपालिकाले उदयपुर, सप्तरी, बारा, रौटहत, नवलपरासी, कपिलबस्तु, रुपन्देही, बर्दिया, बाँके लगाएतका जिल्ला बाट आएका श्रमिक वर्गलाई गन्तव्य सम्म पु¥याउन सहयोग गरेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update