Shittalpati
ज्ञानेन्द्र अटोले सार्वजनिक गर्‍यो यामाहाको हाइब्रिड स्कुटर

पाल्पा,पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्सले स्मार्ट मोटर जेनेरेटरसहितको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ सार्वजनिक गरेको छ । मोटरसाईकल र स्कुटरको व्यवसायिक विक्री वितरण गर्दै आएको वक्सले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी जेडआर १२५ सार्वजनिक गरेको हो ।
 

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रमुख अतिथि शैलेन्द्र भट्टराई, वक्सका एमडी विरेन्द्रकाजी शाक्य, पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले संयुक्त रुपमा उक्त स्कुुटर सार्वजनिक गरेका हुन् । नयाँ रे जेडआरको सार्वजनिक गर्दै प्रमुख अतिथि भट्टराईले ज्ञानेन्द्र अटोले ग्राकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सुपथ मूल्यमा सहज र सुरक्षित यात्राका योजनाहरु सार्वजनिक गर्दै आएकोमा वक्सलाई धन्यवाद दिए । उनले ग्राहकहलाई ज्ञानेन्द्र अटोले सेवा मात्र नदिई धेरै युवाहरुलाई रोजगारीमा समेत जोडेर महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले भने ‘पाल्पाबाट धेरै मानिसहरु विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएका बेला ज्ञानेन्द्र अटोले वक्समार्फत धेरै युवाहरुलाई रोजगार प्रदान गरी आत्मानिर्भरको दिशामा अगाडि बढाएको छ ।’ वक्सले सामाजिक उत्तरदायित्वतर्फ पनि उत्तिकै ध्यान दिएको संघका अध्यक्ष भट्टराईले बताए ।

ज्ञानेन्द्र अटो वक्सका एमडी विरेन्द्र काजी शाक्यले यामाहा सदा आफ्ना ग्राहकलाई भावि प्रविधिको अनुभव गराउने प्रयासरत रहेको बताए । उनले ग्राहकहरुको मागलाई मध्यनजर गर्दै विभिन्न समयमा नयाँ–नयाँ स्कुटर तथा बाईकहरु ल्याउदै आएको र आगामी दिनमा पनि त्यस्ता सेवा र योजनाहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गरे । पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले गरिब, विपन्न र सबै वर्गका नागरिकहरुलाई लक्षित गरी ज्ञानेन्द्र अटोले मोटरसाइकल र स्कुटरको सेवा प्रदान गर्दै आएकोमा खुसी व्यक्त गरे । वक्सले व्यवसायिक प्रतिष्ठानको प्रचार–प्रसारमा जिल्लाका सञ्चारमाध्यमलाई समेत प्राथमिकतामा राखेको उनले बताए । कार्यक्रममा यामाहा लुम्बिनी प्रदेशका सेल्स म्यानेजर सुवास देवकोटाले  सुरुमा पिकअप लिँदा इञ्जिन र ब्याट्री पावर दुवै प्रयोग हुने हाइब्रिड प्रविधिको स्कुटर रहेको बताए । पहिलेको तुलनामा यो स्कुटरको माइलेज समेत बढी रहेको उनले जानकारी दिए ।

ज्ञानेन्द्र अटोका सेल्स म्यानेजर विवेक काजी शाक्यले  पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ लन्च गर्न पाएकोमा खुसी व्यक्त गर्दै ग्राहकलाई अत्याधुनिक उत्पादन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । सो स्कूटरको मूल्य २ लाख ७९ हजार ९ सय देखि  २ लाख ९९ हजार ९ सय  रहेको उनले बताए । स्कुटर स्ट्याण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिममा उपलब्ध रहेको कम्पनीले जनाएको छ  । स्कुटरमा एफआई ब्लुकोर इञ्जिन रहेको छ भने हाइब्रिड भेरियन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्छन् । १४५ एमएमको ग्राउण्ड क्लियरेन्स र ९९ केजीमात्रै तौल रहेको स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्याण्ड इञ्जिन कटअफ फङ्सन र २१ लिटर अण्डरसिट स्टोरेजलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । स्कुटरमा आइडियल स्टार्टस्टप टेक्नोलोजीको प्रयोग गरिएको छ भने पावर एसिस्ट प्रयोग गरिएकाले उकालो बाटोमा चलाउँदा पनि ठूलो आवाज आउँदैन ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update