Shittalpati
सीमा सुरक्षाका लागि स्वयंसेवक परिचालन

भैरहवा, रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्र मर्चवारमा सुरक्षाका लागि स्वयंसेवक परिचालन गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी भारतसँग सीमा जोडिएको यस क्षेत्रमा आवतजावत बढेपछि स्वयंसेवक परिचालन गरिएको स्थानीय पालिकाले बताएका छन् । बन्दाबन्दीका समयमा सीमामा तस्करी बढेको र भारतीय नेपालतर्फ आउने क्रम नरोकिएपछि स्थानीय युवालाई स्वयंसेवकका रुपमा सीमा सुरक्षामा खटाइएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले जानकारी दिए ।

‘भारतसँगको खुला सीमा रहेका कदमहवा, बोगडी, बरहदवा, परसिया, त्रिलोकपुर आदि स्थानमा स्वयंसेवकले निगरानी गर्न थालेका छन् ।’ गाउँपालिकाले पहिलो चरणमा २० युवा स्वयंसेवकलाई परिचालन गरेको र आवश्यकतानुसार बन्दाबन्दीको पूर्ण पालना गराउन थप स्वयंसेवक खटाउने कोटहीमाईका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले बताए । सीमा क्षेत्रमा परिचालित युवाले सुरक्षाकर्मीसँगको सहकार्यमा काम गर्ने छन् । –रासस

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update