Shittalpati
‘कर्मचारी र विज्ञहरुको अभावमा नीति बन्न सकेन’

इमान सिं राना
पाल्पा (रामपुर),रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले कर्मचारी र विज्ञहरुको अभावमा सहकारी नीति बन्न नसकेको बताएका छन् । आइतबार सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले सहकारी संस्थाहरुको नियमन र व्यवस्थापनको लागि स्थानीय सरकारलाई अधिकार प्रत्याभूत गरे पनि कर्मचारी तथा विज्ञहरुको अभावमा नीति बनाउन नसकिएको बताएका हुन् । उनले अहिले कर्मचारी व्यवस्थापनसंगै नीति तथा कार्यविधि निर्माणमा नगरपालिका लागेको जानकारी दिए ।

प्रमुख थापाले नगरपालिकाले उद्यमशिलतालाई जोड दिएको बताउँदै सहकारीहरुसँग सहकार्य गरेर अघि बढ्ने धारणा व्यक्त गरे । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले सहकारीहरुले बचत गर्ने बानीको विकास गरेको बताइन् । उनले अब बचतसंगै आत्मनिर्भर बनाउनका लागि मार्गनिर्देश गर्ने कार्यक्रमहरु ल्याउन सहकारीलाई आग्रह गरिन् । कार्यक्रममा रामपुर नगरपालिका ६ का वडा अध्यक्ष एवं आर्थिक समितिका संयोजक हुमनाथ न्यौपाने, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई, रामपुर नगरपालिकाका योजना अधिकृत कपिलबहादुर खाँण, सञ्चालक समितिका सदस्य सरस्वती डोटेल लगायतले ऋण बढाउने मात्र नभई उत्पादनशील कार्यमा कर्जा प्रवाह गर्न आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक वर्षमा संस्थाले १ करोड ५० लाख ९४ हजार ४ सय शेयर पूँजी सहित १ हजार २ सय ८१ जना शेयर सदस्य पु¥याएको बताए । उनले संस्थाले ३१ लाख ४ हजार ५० रुपैयाँ खुद नाफा गर्न सफल भएको जानकारी दिए । साधारण सभाको अवसरमा उत्कृष्ट बालबचत प्रोत्साहन पुरस्कारबाट अनिश मल्ल र दिव्या केसी, उत्कृष्ट बचत प्रोत्साहन पुरस्कारबाट अञ्जु थापा, उत्कृष्ट दैनिक बचत प्रोत्साहन पुरस्कारबाट धनञ्जय ढुङ्गाना र असल ऋणी प्रोत्साहन पुरस्कारबाट मीनमाया श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालको अध्यक्षता, व्यवस्थापक रामचन्द्र ढुङ्गानाको स्वागत, सञ्चालक समिति सदस्य दुर्गाप्रसाद भट्टराईको धन्यवाद र सचिव रमेश ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यस्तै अधिवेशनले पुनःभोजेन्द्रप्रकाश ढकालको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मित्रलाल देवकोटा, सचिवमा रामप्रसाद ढकाल, कोषाध्यक्षमा तिलकबहादुर मल्ल, सदस्यहरुमा दुर्गाप्रसाद भट्टराई, हरिप्रसाद अधिकारी, मधुसुदन भट्टराई, सरस्वती डोटेल, सावित्रा गौतम, प्रेमप्रकाश ढकाल, खेमनारायण काफ्ले, दुर्गाप्रसाद पोखरेल, राजेन्द्र बाँस्तोला, सन्तोष पौडेल र रेशमराज भट्टराई रहेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update