राहत कोषमा नेपाली काँग्रेस रिब्दीकोटद्वारा नगद हस्तान्तरण
पाल्पा, नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा ५० हजार रूपैयाँ नगद हस्तान्तरण गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोबिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले नगद हस्तान्तरण गरेको हो ।
गाउँपालिकाभित्र रहेका नेपाली काँग्रेसमा आवद्व व्यक्तिहरूले संकलन गरी उक्त संकलित रकम नेपाली काँग्रेस रिब्दीकोटका सभापति रामचन्द्र पाण्डेले रकम गाउँपालिका अध्यक्ष नारायण जिसीलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष जिसीले नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिकाले गरेको सहयोगको ठूलो महत्व हुने बताउँदै संकलन भएको राहत रकम विभेदहिन र पारदर्शी ढङ्गले गाउँपालिका भित्रका मजदुरहरु दैनिक ज्याला गरी जीवनयापन गर्नेका लागि राहत वितरण गर्ने जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्