इमान सिं राना
पाल्पा (रामपुर), रामपुर नगरपालिकाले स्थापना गरेको कोरोना रहत कोषमा शहिद क्याम्पसका स्टाफ र परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाले सहयोग गरेको छ । शहिद क्याम्पसका स्टाफहरुले एक दिनको तलब २६ हजार ४ सय ५५ र परोपकार महासंघले २५ हजार रकम जम्मा गरेको हो । सरकारले अवलम्बन गरेको एक द्वार नीति अनुसार नगद जम्मा गरेका हुन् । क्याम्पसमा अध्यापन गराउँदै आएका प्रध्यापक, कार्यरत कर्मचारीहरुको एक दिनको तलब वापतको रकम राहतकोषमा जम्मा गरेको शहिद बहुमुखी क्याम्पसका लेखा प्रमुख प्रकाशचन्द्र सिग्देलले जानकारी दिए ।
क्याम्पसका लेखा प्रमुख सिग्देल र प्रध्यापक तुलबहादुर रानाले नगरपालिकामा पुगेर नगरप्रमुख रमणबहादुर थापालाई रकम हस्तान्तरण गरेका थिए । सदस्यहरुबाट प्राप्त प्रत्येक दिनको एक रुपैयाँ अर्थात् एक मुठिदानबाट सञ्चालन हुँदै आएको महासंघले सोही रकम मार्फत राहतकोषमा रकम जम्मा गरेको राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाका अध्यक्ष विष्णुप्रसाद लम्सालले जानकारी दिए । अध्यक्ष लम्साल र सचिव रमेश पोखरेलले रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालाई रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै अध्यक्ष लम्सालले सदस्यहरुबाट प्रत्येक दिनको १ रुपैयाँ दान मार्फत परोपकारका कार्य गर्दै आएको बताए । रकम ग्रहण गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले धन्यवाद दिए । नगरप्रमुख थापाले विपद्को घडीमा सबैको सहयोगको खाँचो रहेको बताउँदै यो राहत सम्बन्धित परिवार सम्म पु¥याउने बताए ।