भुवन रायमाझी
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा नेपाली काँग्रेस रैनादेवी छहराले राहत रकम हस्तान्तरण गरेको छ । काँग्रेसले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पु¥याउने उद्देश्य राखेर गाउँपालिका भित्र रहेका नेपाली काँग्रेसमा आवद्ध केही ब्यक्तिहरुले संकलन गरेको १ लाख १५ हजार रुपैयाँ गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीलाई हस्तान्तरण गरेको हो ।
नेपाली काँग्रेस रैनादेवी छहराका सभापती बिष्णु पोखरेल, सह–संयोजक रुक्मागत भट्टराई सदस्य शकर रायमाझी लगाएतले उक्त रुकम गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम ग्रहण गर्दै अध्यक्ष कार्कीले विपद्का बेलामा काँग्रेसले देखाएको सहयोग र सद्भावको प्रसंसा गर्दे धन्यावाद दिए । गाउँपालिकामा पछिल्लो समय विभिन्न संघसस्थाबाट सहयोग आएको भए पनि कोरोना राहत कोषमा नेपाली काँग्रेसले गरेको सहयोग अहिले सम्मकै ठूलो रासीको सहयोग रहेको गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत खेतबहादुर खत्रीले जानकारी दिए ।