पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाको कोरोना विपद् कोषमा नेपाली काँग्रेस बगनासकाली गाउँपालिकाले आर्थिक सहयोग छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा काँग्रेसले ५० हजार, १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।
गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याललाई आईतबार सहयोग रकम हस्तान्तरण गर्दै नेपाली काँग्रेस बगनासकाली गाउँपालिका सयोजक यमलाल तिमिल्सिनाले विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा एकद्वार प्रणालीबाट खर्च गर्ने गरी गाउँपालिकाले स्थापना गरेको कोषमा केही सहयोग होस् भन्ने उद्देश्यले राहत रकम सहयोग गरिएको बताए ।
रकम ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष बस्यालले नेपाली काँग्रेस बगनासले गरेको सहयोगको प्रशंसा गर्दै उक्त राहत रकम विभेदरहित र पारदर्शी ढङ्गले गरिने बताए ।
नेपालीकाँग्रेस पाल्पाले आफ्ना पार्टी कार्यकर्तालाई जो जहाँ छौंं त्यहीबाटै विपद्मासहयोग गर्न निर्देशन जारी गरेपछि जिल्लाका विभिन्न स्थानहरुमा नेपाली काँग्रेसका नेताकार्यकर्ताहरु सहयोगमा जुटेका छन् ।