भुवन रायमाझी
पाल्पा(छहरा) । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको लकडाउनका कारण प्रभावित बनेका विपन्न परिवारका लागि रैनादेवी छहरा ७ का झविन्द्र रायमाझीले खाद्यान्न सहयोग गरेका छन् । उनले दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्दै आएका मजदुर वर्ग र विपन्न वर्गका परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरेका हुन ।
रायमाझीले गाउँपालिकाको कार्यलयमै पुगेर राहत सामग्री खाद्यान्न सहयोग गरेका छन् । आफ्नो स्वर्गीय पिता निरख रायमाझीको सम्झनामा गाउँपालिका भित्र रहेका अति विपन्न र ज्यालामजदुरी गर्ने मजदुरहरुका लागि ५ क्वइटल चामल, ५० केजी दाल, ५० केजी नुन, २० लिटर तेल र ५ सय पिस मास्क सहयोग गरेका हुन् । रायमाझीले उक्त राहत सामग्री गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए । बिपतको बेला दुखी र गरिवको घरमा स्थानीय सरकारले वितरण गरेको राहतमा थप सहयोग पुग्ने रायमाझीले विश्वास व्यक्त गरे । राहत सामग्री ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष कार्कीले रायमाझीले ब्याक्तिगत खर्चबाट विपन्न परिवारप्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै धन्यवाद दिए ।