रमेश विश्वकर्मा
गुल्मी,कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले स्थापना गरेको राहत कोषमा समाजसेवी नन्दराम भुसालले आर्थिक सहयोग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको भुसाल टेडिङ्ग कन्सर्नका सञ्चालक भुसालले व्यक्तिगत रुपमा राहत रकम सहयोग गरेका हुन् । समाजसेवी भुसालले रेसुङ्गा नगरापालिकाले राष्ट्रिय वाणिज्य बैंकमा स्थापना गरेको विपद व्यवस्थापन कोषमा १ लाख १ हजार रुपैंया राहत स्वरुप जम्मा गरेका छन् । नेपाल सरकारले राहत वितरणको लागि स्थानीय सरकार मार्फत एकद्वार प्रणालीबाट मात्रै गर्नु भनेकाले धेरै विपन्न वर्गका समुदायलाई लकडाउनका कारण दैनिक गुजारा गर्न नै गाह्रो भएको देखेपछि नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा आफूले राहत रकम जम्मा गरेको भुषालले बताए । उनले नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा राहत रकम जम्मा गरेको नगरपालिका प्रमुख डिल्लीराज भुसाललाई फोनमार्फत जानकारी दिएका छन् ।