Shittalpati
प्रदेश पाँचको कोरोना विपद्  कोषमा ११ करोड बढी रकम जम्मा

बुटवल, प्रदेश पाँच सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा ११ करोड बढी रकम जम्मा भएको छ । प्रदेश सरकारका अनुसार, विभिन्न व्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्था, मन्त्रीपरिषद्को कार्यालय लगायतबाट ११ करोड ७५ लाख ८४ हजार रुपैंया जम्मा भएको हो । कोषमा प्रदेश सरकारले १० करोड रुपैंया जम्मा गरेको छ । वित्तिय संस्था तर्फ शाइन रेसुङ्गाडेभलपमेण्ट बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, कृषि विकास बैंक, गरिमा बैंक, मेगा बैंक, माछापुच्छ्रे्र बैंक, राष्ट्रिय बिमा संस्थान, गण्डकी विकास बैंक र निर्धन उत्थान बैंकले गरी १ करोड ५ लाख ५० हजार जम्मा गरेका छन् ।

त्यस्तै गरी कोषमा भाटभटेनी सुपर मार्केटले २५ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले ३ लाख ९६ हजार ९७, क्रिमसन कलेजले २ लाख ५५ हजार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश समितिले २ लाख ५१ हजार, लुम्बिनी आई इन्स्टिच्युटले २ लाख २२ हजार २ सय २२, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख ५० हजार, सामूहिक वचत तथा ऋण सहकारी सस्थाले २ लाख, नेपाल–भारत मैत्री समाज २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, प्रगतिशिल इञ्जिनियरिङ एशोसियशनले १ लाख ५ हजार ५ सय, सशक्त बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार, कैलाश विकास बैंकले १ लाख १ हजार, उद्योग व्यापार संगठन रुपन्देहीले १ लाख १ हजार, रोटरी क्लब अफ तिनाउ बुटवलले ६० हजार जम्मा गरेका छन् ।

त्यसैगरी बुटवल—११ निवासी शेरबहादुर गुरुङबाट १ लाख ५ हजार, प्रतिनिधिसभा सदस्य राधा ज्ञवालीबाट १ लाख रुपैंयाँ, लिलामणि पौडेलबाट ५० हजार र कृष्णबहादुर केसीबाट ४० हजार ५ सय ५५ रुपैंयाँ जम्मा भएको छ । यो मध्ये केही रकमको चेक बैंक दाखिला गर्न बाँकी रहेको प्रदेश सरकारले जनाएको छ । उक्त कोषमा सर्वसाधारणले मोबाईल बैंकिंङ्ग मार्फत १ सय रुपैयाँदेखि २५ लाख पचाँस हजारसम्म जम्मा गरेको देखिन्छ ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update