Shittalpati
ग्लोबल बैंकको ‘मेरी उनीलाई’ योजना

पाल्पा, ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दति खातालाई परिमार्जन गरी बैंकले यो योजना सञ्चालनमा ल्याएको हो ।

‘मेरी उनीलाई’ मुद्दति योजनाले महिलाका नाममा बचत गर्न, बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खातावाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा सबल बनाउन सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ ।

यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढि टेवा पुग्ने बैंकले जनाएको छ । दुई लाख रुपैयाँ न्युनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा ५० हजार भन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ । यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बिमा र १ लाख रुपैयाँसम्मको औषधि–उपचार बीमा उपलब्ध गराइदिनेछ । यसका साथै यस योजनाअन्तर्गत खाता खोल्ने ग्राहकलाई निःशुल्क डेबिट कार्ड (पहिलो वर्ष), लकर शुल्कमा शतप्रतिशत छुट (पहिलो वर्ष) र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) उपलब्ध गराइने छ । साथै बैंकले साविक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने छ । यसै योजनाअन्तर्गत निश्चित अवधिको मुद्दति खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुट समेत पाउने छन् ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update