Shittalpati
निस्दीका विपन्न परिवारलाई राहत

इमान सिं राना

पाल्पा, जिल्लाको निस्दी गाउँपालिकाले पनि राहत वितरण कार्यलाई तिव्रता दिएको छ । कोरोना संक्रमणबाट बचाउन जारी लकडाउनका कारण प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त गरी २ सय ८६ परिवार र पालिका भित्रका सडक तथा अन्य भौतिक पूर्वधार निर्माणका कार्य गरिरहेका ४८ जना मजदुरहरुलाई गाउँपालिकाले राहत वितरण गरेको हो । गाउँपालिकाले वडा कार्यलयको सिफारिसमा वडा कार्यालयमार्फत राहत वितरण गरिरहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । वडा नम्बर १ बाकामलाङमा ६७ घर, वडा नं. २ सहलकोटमा ३३ घर, वडा नं. ३ झिरुबासमा ३८ घर , वडा नम्बर ४ मित्यालमा ३३ घर , वडा नं. ५ गल्धामा ४० घर , वडा नं. ६ अर्चलेमा ३५ घर र वडा नम्बर ७ ज्यामिरेमा ३९ घर गरि कुल २ सय ८६ घर परिवारलाई राहत वितरण गरिरहेको छ ।


गाउँपालिका अध्यक्ष सारुका अनुसार बुधबार सम्ममा वडा नं. ७ बाहेक अन्य वडामा वितरण भै सकेको छ । वडा नं. ७ मा पनि विहिबार वितरण हुने छ । ३ जना सम्मको परिवारलाई १५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल सहित साबुन र मसला, ४ जना देखि माथिको परिवारलाई २५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल, १ केजी नुन सहित साबुन र मसला राहत वितरण गरेको छ । गाउँपालिका भित्र सडक तथा अन्य भौतिक पूर्वधार निर्माणका कार्य गरिरहेका ४८ जना मजदुरहरुलाई प्रतिव्यक्ति ४ केजी चामल संगै १६ केजी दाल, ४ केजी नुन, १६ लिटर तेल, ३२ वटा साबुन पनि राहत प्रदान गरिने भएको छ ।

प्रकाशित मिति: बुधबार, चैत २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update