गौं हत्याको विरोधमा तानसेनमा सद्भाव र्याली
आइतबार, भदौ २४, २०८०
ऐतिहासिक भगवती जात्राको तयारी तीव्र
मंगलबार, भदौ १९, २०८०
पाल्पाको ऐतिहासिक भगवती जात्राको तयारी तीव्र पारिएको छ । यही भदौ २१ गते बिहीबारका दिन हुन लागेको २०३ औं भगवती रथायात्राको तयारी तीव्र पारिएको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यबस्थापन समितिले जनाएको छ । समितिले सोमबार पत्रकार सम्मेलन गरी जात्रालाई विजय उत्सवकै रुपमा मनाउने गरी तयारी भइरहेको जनाएको हो ।
बौद्ध शिक्षाले जीवन सार्थक बनाउँछ : महास्थविर
सोमबार, भदौ १८, २०८०
बुद्ध विहार भृकुटीमण्डप काठमाडौका प्रमुख धर्म कथिक भिक्षु कोण्डन्य महास्थविरले बौद्ध शिक्षा ग्रहण गर्न सकियो भने जीवन सार्थक हुुने बताएका छन् । धर्मचक्र बौद्ध युवा संघ तानसेन पाल्पाको रजत जयन्तीलाई तानसेनमा सम्बोधन गर्दै बौद्ध शिक्षाले मानव जीवनलाई शान्ति र आत्मज्ञानी बनाउँदै सार्थकता प्रदान गर्ने बताएका हुन् ।
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै
शनिबार, भदौ १६, २०८०
जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखियो तर, तानसेनका बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे ।
दश निर्माण कम्पनीको सम्झौता रद्द
बुधबार, भदौ १३, २०८०
निर्माण व्यवसायीले १० वर्ष हुँदासम्म योजनाका काम पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडी, धरौटी जफत गर्दै कालो सुचीमा राख्ने काममा जुटेको छ । निर्माण व्यवसायीलाई कार्यालयले पटक–पटक ताकेता गर्ने, लिखित, मौखिक, इमेल तथा रजिष्ट्रि पत्र पठाएर काममा ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने, निर्माण व्यवसायी...
रैनादेवी छहराको बेलवासमा अस्थायी प्रहरी चौकी
मंगलबार, भदौ ५, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गगढीको बेलवासमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।
रिब्दीकोट गाउँपालिकाले घरमै पुगेर दियो आपाङ्गतालाई ह्विल चेयर
आइतबार, साउन २८, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिकाले अपाङ्गता भएकाहरुलाई घरमै ह्विल चेयर दिएको छ । पालिकाले कुसुमखोला देविडाँडाका मोतीबहादुर लम्तरीलाई घरमै पुगेर ह्विल चेयर दिएको हो ।
रैनादेवी गाउँ सरकारको आम्दानीमा सुधार, एक वर्षमा एक करोड
आइतबार, साउन २८, २०८०
अधिकास स्थानीय सरकारहरुको आन्तरिक आम्दानी कमजोर बन्दै गएका बेला पाल्पाको रैनादेवी छहरा गाउँ सरकारले भने केही सुधार गरेको छ । उसले गत वर्षहरुको तुलनामा आन्तरिक आम्दानीलाई सुधार गर्दै गएको देखिन्छ ।
रकम नपाएपछि मिसनले रोक्यो बिमा उपचार
मंगलबार, साउन २३, २०८०
सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले आइतबारदेखि स्वास्थ्य बिमा कार्यक्रम रोकेको हो ।
‘स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुन्छ’
आइतबार, साउन २१, २०८०
प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरेले पाल्पाको स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । उनले स्वास्थ्य बिमा बोर्डसँग पाल्पामा देखिएको समस्याका बारेमा छलफल भइरहेकाले छिट्टै समाधान हुने बताए ।
राज्यको नियम कानुन सबैले मान्नु पर्छ : सासंद गैरे
शनिबार, साउन २०, २०८०
प्रतिनिधीसभा सदस्य ठाकुर प्रसाद गैरेले राज्यको नीति नियम कानुन सबैले मान्नु पर्ने बताएका छन् । राज्य भन्दा माथि नत सरकार छ, नत संघ संस्था छन् नत कुनै व्यक्ति , त्यसैले राज्यले बनाएको नीति नियम कानुन सबै पक्षले पालना गर्नु पर्ने सांसद गैरेले बताए ।
विद्युत प्राधिकरण पाल्पाले गर्यो वार्षिक उत्सवमा वृक्षारोपण
सोमबार, साउन १५, २०८०
नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरेको छ । प्राधिकरणले ३८ औं वार्षिक उत्सवको अवसरमा कार्यालय, दरवार क्षेत्र परिसर, सव स्टेसन बतासेडाँडा, रुप्से, सिलुवा र कलेक्सन काउण्टर हार्थाेक, आर्यभञ्ज्याङ्ग क्षेत्रमा वृक्षारोपण गरेको हो ।


