तानसेनमा लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो हुँदै
मंगलबार, कात्तिक १४, २०८०
समाजसेवी भारतीको निधन
मंगलबार, कात्तिक १४, २०८०
पाल्पाको शिक्षा, स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा जीवन सर्मपित गरेकी समाजसेवी राधा भारतीको ९६ बर्षको उमेरमा निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी भारतीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
पाल्पामा भित्र्याइयो फुलपाती
शनिबार, कात्तिक ४, २०८०
बडा दशैको सातौ दिन आज पाल्पामा पनि परम्परागत रुपमा फुलपाती भित्राईएको छ । जिल्ला प्रशासन कार्यालय, दि फिमेश महिन्द्र दल गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहभागितामा सेनमा फूलपाती भित्राइएको हो ।
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती
शुक्रबार, कात्तिक ३, २०८०
दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाए । बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपर्यो ।
रैनादेवी छहराले गर्यो गाउँवासीको माझमा शुभकामना –आदान, गाउँवासीमा बढ्यो आत्मियता
बिहीबार, कात्तिक २, २०८०
रैनादेवी छहरा गाउँपालिकाले सामुहिक रुपमा जनतामाझ शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
माथागढीको सराईमा पत्रकार र जनप्रतिनिधिबिच मैत्रीपूर्ण खेल हुदै
बुधबार, कात्तिक १, २०८०
विजया दशमीको अवसरमा यही कार्तिक ३ गते शुक्रबार माथागढीको सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । माथागढी गाउँपालिका र नेपाल खेलकुद पत्रकार मञ्च बिच सराई खेलमैदानमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
पाल्पामा प्रहरी दिवसको अवसरमा सम्मान तथा पुर्नमिलन
मंगलबार, असोज ३०, २०८०
जिल्ला प्रहरी कार्यालय पाल्पाले ६८ औं प्रहरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको छ । प्रहरीले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस तथा पुर्नमिलन कार्यक्रम गरेको हो ।
भगवती मन्दिरहरुमा पुजापाठ, भजन किर्तन गर्नेको भिड
आइतबार, असोज २८, २०८०
वडा दशैंको पहिलो दिन आइतबार पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउँ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा दर्शनको लागि भगवती दुर्गाका मन्दिरहरु पुगेका छन् ।
विद्यार्थीले दिए शिक्षकलाई स्कुटर उपहार
आइतबार, असोज २८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी स्थित रैनादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले एक पूर्व शिक्षकलाई स्कुुटी उपहार दिएका छन् । २२ वर्ष अध्यापन गराएका पूर्व शिक्षक थमनबहादुर साठीघरेलाई पूर्व विद्यार्थीहरुले भुवनपोखरी रुपन्देही सम्पर्क समाज र शुभचिन्तकहरुको अग्रसरतामा चन्दा संकलन गरी स्कुुटर उपहार दिएका हुन् ।
तानसेनको सेन्ट कपितानियो स्कुलमा दशैंको टिका लगाएर शुभकामना आदान–प्रदान
बिहीबार, असोज २५, २०८०
नजिकिदाें दशैंका अवसरमा जताततै शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन भइरहेका बेला पाल्पाको सेन्ट कपितानियो स्कुलले भने निधारमा टिका, कानमा जमरा लगाएर दशैंको एक आपसमा शुभकामना आदान–प्रदान गरेको छ ।
पाल्पाका ६ स्थानमा चाड पर्व लक्षित यात्रु सहायता कक्षा, अफ्ठ्यारो परेमा १०० मा फोन गर्न पाल्पा प्रहरीको आग्रह
बुधबार, असोज २४, २०८०
पाल्पा प्रहरीले जिल्लाका विभिन्न ६ वटा स्थानबाट चाड पर्व लक्षित यात्रु सहायता कक्ष सञ्जालन गरेको छ । प्रहरीले तानसेनको बसपार्क, बर्तुङ्ग, आर्यभञ्ज्याङ्ग, रामपुर, दोभान र हार्थाेकमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।
भाषणले मात्र विकास हुँदैन नेता ज्यू !
मंगलबार, असोज २३, २०८०
हाम्रा नेताहरुको अधिकांश समय सभा, समारोह, शिल्यान्यास, उद्घाटन, प्रवचन, पुरस्कार वितरण जस्ता कार्यक्रममा जाने गरेको छ । जसले गर्दा निर्णायक तहमा आसीन व्यक्ति महत्वपूर्ण काममा पर्याप्त समय दिन असमर्थ हुँदो रहेछ । निर्णय गर्नुपर्ने कुरामा उनीहरूको जानकारी, दखल र चासो पुग्दैन र धेरै काम अलपत्र पर्छ ।


