सहाराविहीनहरुको लागि नयाँ जीवन प्रदान गर्दै पाल्पाको अभियान नेपाल
बुधबार, माघ २४, २०८०
नेकपा एमाले पाल्पाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू
मंगलबार, माघ २३, २०८०
नेकपा एमाले पाल्पाको आयोजनामा मंगलबारदेखि तासेनमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताए ।
बालिकाको प्रश्न– ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ तानसेन बालमैत्री पालिका ?’
सोमबार, माघ २२, २०८०
जताततैका पालिकाहरु बालमैत्री घोषणा भइरहेका छन्, तानसेन सबै भन्दा पुरानो पालिका हो तर अहिलेसम्म पनि किन बालमैत्री बन्न सकेन ? ‘वडा अध्यक्ष ज्यू ! कहिले बन्छ हाम्रो तानसेन बालमैत्री पालिका ?, अहिलेसम्म के–के तयारीहरु भएका छन् ? बालमैत्री नगरपालिका घोषणा हुँदा हामी जस्ता बालाबलिकाहरुले धेरै अधिकार पाईन्छ रे हो ?’
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान
शनिबार, माघ २०, २०८०
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा बिबिए र बिबिएमका विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको छ । बिबिए र बिबिएममा अध्ययनरत विद्यार्थीहरुले सोही समूूहका नव आगन्तुक विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेका हुन् ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माविलाई
शनिबार, माघ २०, २०८०
तानसेन नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनको जनता माध्यमिक विद्यालय (जेभिटि) ले हात पारेको छ ।
आकर्षक धार्मिक पर्यटकीय स्थल बन्दै महीपोखरी डाँडा
बिहीबार, माघ १८, २०८०
विगतमा सम्भावना हुँदा हुँदै ओझेलमा परेको पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ स्थित महीपोखरी डाँडा यतिबेला आकर्षक धार्मिक पर्यटकीय स्थलका रुपमा विकास हुँदै गएको छ । आर्घाखाँचीको सन्धिखर्कस्थित खाँचीकोटमा रहेको सुपा देउराली मन्दिरको घण्टा महीपोखरी जंगलमा राखी देवीको पुजाआजा गर्न थालेपछि यहाँ धार्मिक पर्यटकहरुको घुइँचो लाग्न थालेको पाइन्छ ।
पाल्पामा नेपाल भाषाका बारेमा बहस
बुधबार, माघ १७, २०८०
पाल्पा साहित्य समाज तानसेन पाल्पाले नेपाल भाषा साहित्यको विकास तथा नेवारी साँस्कृतिक कार्यक्रमका बारेमा अवधारणा पत्र प्रस्तुत गर्दै पाल्पामा नेपाल भाषाको पछिल्लो अवस्था बारे बहस शुरु गरेको छ ।
प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न सकेन : डा.संग्रौला
मंगलबार, माघ १६, २०८०
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले वर्तमान प्रचण्ड सरकारले एक दुई तिन भन्ने गरी कुनै राम्रो काम गर्न नसकेको बताएकी छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा.संग्रौलाले औलामा गर्न सकिने गरी जनहितका विषयमा प्रचण्ड सरकारले राम्रो काम गर्न नसकेको बताएकी...
तानसेनमा एमालेले गर्यो रक्तदान
सोमबार, माघ १५, २०८०
नेकपा एमाले तानसेन नगर कमिटी पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । एमाले जिल्ला प्रशासन कार्यालय अगाडि सहिद दिवसको अवसर पारेर सोमबार रक्तदान कार्यक्रम गरेको हो ।
आर.वी. निश्चलको ‘उल्टो धार’ कविता संग्रह लोकार्पण
शनिबार, माघ १३, २०८०
साहित्यकार आर.वी. निश्चलको उल्टो धार कविता संग्रह लोकार्पण भएको छ । धवल पुस्तकालय तानसेन पाल्पामा बरिष्ठ साहित्यकार एवं गजलकार बुद रानाले कविता संग्रह विमोचन गरेका हुन् ।
रिब्दीकोटमा राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि आर्दश माविलाई
बुधबार, माघ १०, २०८०
जिल्लाको रिब्दीकोट गाउँपालिकामा सञ्चालन भएको पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा न.–२ को आर्दश माध्यमिक विद्यालयले हात पारेका छ । यसले १९ वटा पदकसहित उपाधि हात पारेको हो ।
ओझेलमा परेको बालकन्या भगवतीको अवलोकन
बुधबार, माघ १०, २०८०
वेवास्ता अवस्थामा रहेको, सबैतिरबाट ओझेलमा परेको तानसेन नगरपालिका वडा नंं १० तेल्घा भार्केशमा रहेको बालकन्या भगवतीको खोजीविन सुरु भएको छ । नेपाल अंग्रेज युद्वमा जानु अघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवती मन्दिरमा देवीसँग आर्शिवाद माग्र्दै युद्वमा विजयी भएमा तिन तले मन्दिर निर्माण गरी सिंदुरजात्रा गर्ने भाकल गरेका थिए ।
पाल्पामा ९ महिने बालकलाई लाग्यो विश्वकै दुर्लभ रोग, उपचारमा सहयोग गर्न परिवारको अपिल
सोमबार, माघ ८, २०८०
पाल्पामा ९ महिने बालकमा ‘इस्पाइनल मस्कुलर एट्रोफी’ (एसएमए) नामक रोग भेटिएको छ । तानसेन नगरपालिका–११ बाझाका महेन्द्र विष्ट र सिर्जना भट्टराई विष्टको ९ महिने छोरा सिर्जम विष्टमा यस्तो रोग भेटिएको हो ।


