शिक्षामा ज्योती जगाउँदै बगनासकालीका पदम
सोमबार, पुस १६, २०८०
पाल्पामा बालविवाह अन्त्यका लागि सामूहिक प्रतिवद्धता
शनिबार, पुस १४, २०८०
बालविवाह अन्त्यको लागि पाल्पाका स्थानीय सरकार, जिल्ला समन्वय समिति र लुम्बिनी प्रदेश सरकारले सामूहिक प्रतिवद्धता जनाएका छन् ।
तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध
मंगलबार, पुस १०, २०८०
तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । यही पुस १४ गते हुन लागेको समितिको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको हो ।
पाल्पामा महिलाको पाठेघर र स्तन क्यान्सरको शिविर , दुई सय बढीले लिए सेवा
शनिबार, पुस ७, २०८०
पाल्पा लायन्स क्लवको आयोजना, नेपाल अष्ट्रेलियन राजदुतावास, नेपाल अष्ट्रेलियन सर्भाइकल क्यान्सर फाउण्डेसनको सहयोगमा पाल्पाको तानसेन र रामपुरको जब्गादीमा एक दिने निःशुल्क महिलाको पाठेघर मुख र स्तन क्यान्सरको शिविर सञ्चालन गरिएको छ ।
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक
शनिबार, पुस ७, २०८०
पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गरेका छन् ।
तानसेनमा योमरी महोत्सव हुँदै
शुक्रबार, पुस ६, २०८०
योमरी पुर्णिमाको अवशरमा तानसेको टक्सारमा योमरी महोत्सव हँुदै छ । यही पुस ७ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान
बुधबार, पुस ४, २०८०
पाल्पाका दश वटै स्थानीय तहका ८१ वडाहरुमा यही पुसको चौथो हप्ता देखी माघको दोस्रो हप्ता सम्म ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिक, अति अशक्त नागरिकहरुको लागी घर–घरमै पुगेर उपचार प्रदान गरिने भएको छ ।
६ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रेस चौतारी पाल्पाको घुम्ती बैंठक
आइतबार, पुस १, २०८०
प्रेस चौतारी नेपाल पाल्पा शाखाको पूर्वखोला गाउँपालिका–२ जल्पा ढोलिमाराको चुलिडाँडामा बसेको दुई दिने घुम्ती बैठक ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । बैठकले प्रेस चौतारी नेपाल पाल्पाका श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ...
पूर्वखोला गाउँपालिकामा सार्वजनिक सुनुवाइ, जनताका गुनासा सम्बोधन गर्ने प्रतिवद्धता
शुक्रबार, मंसिर २९, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकाको चालु आर्थिक बर्षको प्रथम चौमासिक भित्र भएका कार्यक्रम, गतिविधि तथा आम्दानी खर्च सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले श्रावणदेखी कार्तिकसम्म भएका कार्य प्रगती विवरण सार्वजनिक गरी जनतासँग राय सुझाव तथा गुनासाहरु संकलन गरी सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
रुसी सेनामा कार्यरत पाल्पाका पौडेल सम्पर्कविहिन
शनिबार, मंसिर २३, २०८०
रुसी सेनामा कार्यरत पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रुगका विष्णुबहादुर पौडेल सम्पर्कविहिन भएका छन् । एक महिना अघि रुसी सेनामा भर्ना भई युक्रेन सिमानाको युद्धमा खटिएका पौडेल एक हप्ता देखी परिवारबाट सम्पर्कविहिन भएका हुन् ।
तानसेनमा प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै
सोमबार, मंसिर १८, २०८०
तानसेन नगरस्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता २०८० हुने भएको छ । नगर खेलकुद विकास समिति तानसेनको आयोजनामा यही मंसिर २० देखी तानसेनको टुँडिखेलमा प्रतियोगिता हुने भएको हो । नगर खेलकुद विकास समितिले प्रतियोगिताको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।


