Shittalpati
पाल्पाबाटै सवारी लाइसेन्स परीक्षा आवेदन
पाल्पाबाटै सवारी लाइसेन्स परीक्षा आवेदन पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्राणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको जनाएको छ ।
रामपुरमा युवा उद्यमीहरुबिच अन्तक्र्रिया
रामपुरमा युवा उद्यमीहरुबिच अन्तक्र्रिया रामपुर नगरपालिका र युवा स्वरोजगार व्याज अनुदानमा आवद्ध युवा उद्यमीहरुबिच अन्तक्र्रिया कार्यक्रम भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत व्याज अनुदानमा आवद्ध युवाहरुबिच अन्तक्र्रिया भएको हो ।
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण स्थानीय स्तरमा रहेका द्रुत प्रतिकार्य समिति र टोलीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका भित्र रहेको दु्रत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण प्रदान गरिएको हो ।
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान जिल्लाको रामपुरमा  भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको छ । भुस्याहा कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रामपुरमा भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको हो ।
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित दादुराको प्रकोपबाट १६ जिल्लाका  एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो । 
यी हुन गीत संगीतमा उदायका गैरे
यी हुन गीत संगीतमा उदायका गैरे लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो हुम गैरे । पाल्पाको निस्दी गाउँपालिका–५ मा पिता पूर्णबहादुर गैरे र स्वर्गीय माता कल्पना गैरेको सुपुत्रको रुपमा जन्मिएका गैरेलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोक गीतको क्षेत्रमा सबैले चिन्ने गर्दछन् । उनी गायक तथा सर्जक हुन् ।
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह लगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो ।
आज विश्व रक्तदाता दिवस मनाइदैं
आज विश्व रक्तदाता दिवस मनाइदैं आज विश्व रक्तदाता दिवस मनाइदैं छ । रक्तदान सम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
तानसेनका उद्योगी तथा व्यवसायीलाई कर सम्बन्धी तालिम
तानसेनका उद्योगी तथा व्यवसायीलाई कर सम्बन्धी तालिम तानसेनका उद्योगी तथा व्यवसायीहरुका लागि दुई दिने कर सम्बन्धी तालिम सञ्चालन गरिएको छ । उद्योगी व्यवसायीहरुलाई कर शिक्षा र कानुनी व्यवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले तानसेनमा मंगलबारदेखि तालिम सञ्चालन गरिएको हो ।
थाकेको मगरात र हाम्रा मगर नेतृत्व
थाकेको मगरात र हाम्रा मगर नेतृत्व आहा ! हाम्रो कति गर्भिलो इतिहास छ, हाम्रो कस्तो शान छ, हाम्रो कति सुन्दर पहिचान छ अनि संसारलाई चिनाउनेफरक संस्कृति र सभ्यता छ । निरंकुश जहानिया राणाशासन विरुद्ध विद्रोहको पहिलो झण्डा उठाउने नेपालको पहिलो शहिद लखन थापा मगर, अंग्रेज फौजलाई धुलो चटाई लखेट्ने कर्नेल उजिर सिंह थापा मगर, पहिलो विश्वा...
कारण देखाउ आदेश
कारण देखाउ आदेश सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । 
रामपुरका महिलाहरुलाई बाख्रा उपहार प्रदान
रामपुरका महिलाहरुलाई बाख्रा उपहार प्रदान रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत महिलाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग, पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा सञ्चालनमा रहेको परियोजना मार्फत बाख्रा उपहार प्रदान गरिएको हो ।
Weather Update