Shittalpati
परमानन्द बाल वृद्व कल्याण संघ पाल्पाको साधारण सभा
परमानन्द बाल वृद्व कल्याण संघ पाल्पाको साधारण सभा असहाय बालबालिका र वृद्धवृद्धाहरुको क्षेत्रमा काम गर्दै आएको परमानन्द बाल वृद्ध कल्याण संघ पाल्पाले १० औं साधारण सभा गरेको छ । संघले तानसेनमा एक औपचारिक कार्यक्रम गरी सभा गरेको हो । सभाको लुम्बिनी प्रदेशका सांसद एवं पूर्वमन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
नेपाली काँग्रेस पाल्पाले गर्‍यो रामपुरमा प्रशिक्षण
नेपाली काँग्रेस पाल्पाले गर्‍यो रामपुरमा प्रशिक्षण नेपाली काँग्रेस पाल्पाले रामपुरमा प्रशिक्षण कार्यक्रम गरेको छ । नेपाली काँग्रेस प्रशिक्षण शाखाको आयोजना र  काँग्रेस रामपुर नगर समितिको संयोजनमा एकदिवसीय प्रशिक्षण कार्यक्रम भएको हो ।
रेसुङ्गामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई
रेसुङ्गामा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई जिल्लाको रेसुङ्गा नगरपालिकामा सञ्चालित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तम्घासस्थित महेन्द्र नमुना माविले हात पारेको छ । चिदिचौर खेलमैदानमा तीन दिनसम्म चलेको प्रतियोगितामा  नौ स्वर्ण, तीन रजत र आठ कांस्यसहित २० पदक प्राप्त गरी महेन्द्रले उपाधि हात पारेको हो ।
स्वस्थानी व्रतकथाको महिमा
स्वस्थानी व्रतकथाको महिमा
काँग्रेस  महामन्त्री थापाको ‘संवाद यात्रा’ आजबाट, यस्तो छ कार्यक्रम
काँग्रेस  महामन्त्री थापाको ‘संवाद यात्रा’ आजबाट, यस्तो छ कार्यक्रम नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आज (१३ माघ) देखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्न लागेका छन् । महामन्त्री थापाले आज (शनिबार) बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्ने भएका हुन् ।
तानसेनमा पाँच दिने उद्घोषण तथा पत्रकारिता तालिम
तानसेनमा पाँच दिने उद्घोषण तथा पत्रकारिता तालिम तानसेनमा सञ्चालित पाँच दिने स्टेज उद्घोषण तथा पत्रकारिता तालिम सकिएको छ । इजी लाईफ मल्टिप्रपोज कम्पनीको आयोजनामा सञ्चालित तालिम  बिहीबार सकिएको हो । तालिमको पाल्पा उद्योग वाणिव्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले एक औपचारिक कार्यक्रमका बिच समापन गरेका हुन् ।
पाल्पामा दुर्घटना रोक्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिदैं
पाल्पामा दुर्घटना रोक्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिदैं सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ । चालक, सहचालक र यात्रुको शारिरिक अस्वास्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।
‘व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्छ’
‘व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्छ’ प्रतिनिधि सभा सदस्य नारायण आचार्यले व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्ने बताएका छन् । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग तथा जल्पा महिला कल्याण परिवारको आयोजनामा जल्पामा सञ्चालित ५ दिने महिलाहरुको क्षमता अभिवृद्धि कार्यशालाको समापनलाई सम्बोधन गर्दै सांसद आचार्यले यस्तो बताएका हुन् ।
बगनासकाली गाउँपालिकाको एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा
बगनासकाली गाउँपालिकाको एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा जिल्लाको बगनासकाली गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले  मंगलबारदेखि १९ गतेसम्मका लागि एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
अयोध्या र लंकाको सम्बन्ध, रामको वंशावली : हजुरबाको मुखारविन्दबाट 
अयोध्या र लंकाको सम्बन्ध, रामको वंशावली : हजुरबाको मुखारविन्दबाट  अस्तिको रामराज्य कथा रोचक लाग्यो हजुरबा । त्यो कथा सुनेदेखि मनमा थप जिज्ञासा पलायो ठूली नातिनीले हजुरबाको ज्ञानको प्रशंसा गरिन् । रामलाई रघुवंशी किन भनिएको हो ? अयोध्या राज्य कसले स्थापना गरेका थिए ? लंका कसरी सम्बृध्द भए होला ? राम र रावण समवयी हुन कि फरक थिए ? सुन्नाको...
Weather Update