‘सरकार फेर्ने खेलमा लागेर जनतालाई पीडा नदिनुहोस्’
सोमबार, मंसिर १५, २०७७
गोठ भत्किँदा चार लाखको क्षति
आइतबार, मंसिर १४, २०७७
पाल्पामा गोठ भत्किँदा चाख लाख बराबरको क्षति भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ रिठाबोट निवासी कृष्ण प्रसाद अधिकारीको एक तले कच्ची गोठ भत्किन पुग्दा चार लाख बराबरको भौतिक क्षति भएको हो ।
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व, वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी
आइतबार, मंसिर १४, २०७७
नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । महासंघको मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व पाएको हो ।
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
आइतबार, मंसिर १४, २०७७
जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक...
आजदेखि सिद्धार्थ राजर्माग बन्द
आइतबार, मंसिर १४, २०७७
आजदेखि सिद्धार्थ राजमार्ग दैनिक चार घण्टा बन्द रहने भएको छ । सिद्धार्थ राजमार्गको झुम्सा–दोभान सडक खण्डमा कालोपत्रे गर्ने कार्यका लागि दैनिक चार घण्टा सडक बन्द गरिने भएको हो ।
परम्परा धान्दै पदम, आम्दानीको स्रोत बन्यो माटोका भाँडा
आइतबार, मंसिर १४, २०७७
कुमाल समुदायको माटोका भाँडा बनाउने परम्परागत पेशा आधुनिकीकरण तथा व्यवसायीकरण हुन नसकी लोप हुने अवस्थामा पुगिरहेका बेला गुल्मी इस्माका एक युवाले भने माटोका भाँडालाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । इस्मा गाउँपालिका–६ बुल्मका २३ वर्षीय पदम मुखियाले आधुनिक प्रविधिको प्रयोग गरी माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गरिरहेका छन् ।
सडक दुर्घटना नियन्त्रणमा गम्भीर बन
आइतबार, मंसिर १४, २०७७
सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । शुक्रबार मात्र गुल्मीको ईस्मा ४ हुलमा लु१ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा नेपाली सेनाका दुई जवान सहित एकै गाउँका ६ जनाले ज्यान गुमाए भने २ जना घाइते भए ।
कृषि सडकको स्थलगत अनुगमन
आइतबार, मंसिर १४, २०७७
राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले निर्माणाधीन कृषि सडकको स्थलगत अनुगमन गरेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित किसुली—कर्महा, बक्सड–बुद्धनगर सडकको शनिबार अनुगमन गर्दै शुद्धोधन गाउँपालिका र गैडहवा गाउँपालिका जोडनका लागि पुल निर्माणको सर्वे हुन लागेको उनले जानकारी दिए ।
पाल्पामा नेपाल नागरिक अभियान गठन
शनिबार, मंसिर १३, २०७७
पाल्पामा नेपाल नगरिक अभियान गठन भएको छ । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी कृष्ण विष्टको अध्यक्षतामा नागरिक अभियान गठन भएको हो । जसको उपाध्यक्षमा हरिप्रसाद बस्याल, सचिव जयन्ती घिमिरे, कोषाध्यक्ष भानु बज्राचार्य र सह–सचिवमा श्रीकृष्ण गौतम रहेका छन् ।

.jpg)
