Shittalpati
आजदेखि खोप प्रदेशमा पठाइँदै
आजदेखि खोप प्रदेशमा पठाइँदै कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
पाल्पामा १० जना कोरोना संक्रमित थपिए
पाल्पामा १० जना कोरोना संक्रमित थपिए पाल्पामा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बिहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
कोरोनाले सिकाएको पाठ, विदेशबाट फर्किएका युवा कृषिमा
कोरोनाले सिकाएको पाठ, विदेशबाट फर्किएका युवा कृषिमा विश्वभर फैलिएको कोभिड–१९ का कारण धेरैको रोजगारी गुमेको छ । परिवारको सपना पुरा गर्न विदेशी भूमिमा गएका धेरै युवाहरु जागिर नै गुमेपछि अहिले स्वदेश फर्किएका छन् । कति युवाहरुले जागिर गुमाई बेरोजगार भएकोमा पछुताएका छन् भने कति युवाहरुले कोरोना महामारीलाई अवसरका रुपमा लिएर स्वरोजगारतर्फ उन्मुख भएका छन् । पाल्पामा सयौंको...
लायन्स क्लव अफ श्रीनगरद्वारा विद्यार्थीलाई न्यानो कपडा
लायन्स क्लव अफ श्रीनगरद्वारा विद्यार्थीलाई न्यानो कपडा जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ श्रीनगरले जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लवले चिसो बढ्दै गएपछि जिल्लाको रैनादेवी छहरा गाउँपालिका ५ मा रहेको कालिका मावि मुझुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर लैजाने बताएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा भएको सिविएचएफए पुनर्ताजगी तालिमको शुक्रबार समापन गर्दै सभापति शर्माले स्थानीयस्तरमै पुगेर रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाउदै लैजाने बताएका हुन् ।
अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश
अनलाइनको मुद्दामा मन्त्रालयलाई छलफलका लागि बोलाउन आदेश अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानका विरुद्ध दर्ता भएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आज कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले अन्तरिम आदेश दिने, नदिने विषयमा विपक्षीलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ ।
घुस लिएको अभियोगमा पक्राउ
घुस लिएको अभियोगमा पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको नाप जाँचसम्बन्धी काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अभियोगमा जिल्ला अदालत रुपन्देहीका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।
मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै
मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ ।
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको...
एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस
एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी डाटा बोनस एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ ।
काँग्रेसका लागि भावी चुनौती
काँग्रेसका लागि भावी चुनौती एकाएक मुलुकको राजनैतिक चरित्र परिवर्तन हुँदै जाने संकेत अगाडि देखिएका छन् । संघीय संसद्को विघटन पछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र नेकपाबाट विभाजित हुँदै गरेको प्रचण्ड माधव नेपाल गुटबीच हेलमेल हुँदै गर्दा संसद् पुनःस्थापना होस् या नहोस् फेरि राजनैतिक शिखण्डीहरुका लागि नयाँ अवरसर आएको अनुभूति हुने देखिएको छ ।
Weather Update