सवारी साधनको ठक्करबाट एकको मृत्यु, सनाखत नै भएन
बिहीबार, माघ १५, २०७७
तानसेनमा सवारी कर उठाउन रोकियो !
बुधबार, माघ १४, २०७७
तानसेन नगर सरकारले उठाउदै आएको सवारी कर रोकिएको छ । होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुङ्गाखानी सडकमा चल्ने सवारी साधनमा नगर सरकारले उठाउदै आएको कर चौतर्फी विरोधपछि बुधबारदेखि रोकिएको हो । शहरी सडकमा स्थानीय सरकारले पूर्वाधार उपयोग कर लिन पाउने भन्दै तानसेन नगरपालिकाले यि क्षेत्रमा चल्ने सवारी साधनमा कर उठाउदै आएको थियो...
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै
बुधबार, माघ १४, २०७७
लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।
संरक्षक नै गुमाएपछि...
बुधबार, माघ १४, २०७७
कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए । उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन्...
विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री पौडेल
बुधबार, माघ १४, २०७७
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडी पर्न नदिइने प्रतिवद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको बुधबार उद्घाटन गर्दै उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताएका हुन् ।
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै
बुधबार, माघ १४, २०७७
लुम्बिनी प्रदेशका लागि ८८ हजार खोप बुटवल आइपुगेको छ । लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल आइपुगेको हो । सरकारले पठाएको उक्त खोप यस प्रदेशस्थित १२ वटै जिल्लामा मंगलबार पुर्याइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ग्लोबलको नयाँ शाखारहित बैंकिङ्ग सेवा हुमिनमा
बुधबार, माघ १४, २०७७
ग्लोबल आइएमई बैंकले पाल्पाको रम्भा गाउँपालिका ४, हुमिनको झ्याङ्गसिं पोखरामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले २४५ औं शाखारहित बैंकिङ्ग सेवा हुमिनमा सञ्चालन गरेको हो । शाखारहित बैंकिङ्ग सेवाको वडाअध्यक्ष भोजबहादुर बिकले उद्घाटन गरेका छन् ।
गायक भट्टराईको कोसेली ‘जे गरे नि चल्छ नेपालमा’
मंगलबार, माघ १३, २०७७
सिद्धबाबा सडक खण्डको अपार सफलतापछि पाल्पाली गायक कमल भट्टराईले ‘जे गरे नि चल्छ नेपालमा’ बोलको राष्ट्रभक्ति गीत बजारमा लिएर आएका छन् । सार्वजनिक समस्याको रुपमा रहेको सिद्धबाबा सडक खण्डकाका विषयमा समेटिएको गीत आमदर्शक, स्रोता माझ पोस्किसकेका गायक भट्टराईले पुनःराष्ट्रपभक्ति गीत कोसेलीका रुपमा बजारमा लिएर आएका हुन् ।
तानसेन सरकारले राजमार्ग प्रवेशमा लिएको शुल्कप्रति गुल्मीको ध्यानाकर्षण
मंगलबार, माघ १३, २०७७
उद्योग वाणिज्य संघ गुल्मीले जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला प्रशासन कार्यालय पाल्पालाई ज्ञापनपत्र बुझाएको छ । छिमेकी जिल्ला पाल्पाको तानसेन नगरपालिकाको कार्यालयले स्थानीय पूर्वाधार सडक उपभोग शुल्कको नाममा तानसेन बजार क्षेत्र भई सञ्चालन हुने सवारी साधनहरुमा राजमार्ग प्रवेशमा लिएको शुल्क प्रति उद्योग वाणिज्य संघ गुल्मीले गम्भिर ध्यानाकर्षण जनाउँदै ज्ञापनपत्र बुझाएको...
काँग्रेसले गर्यो तेस्रो चरणको आन्दोलन घोषणा
मंगलबार, माघ १३, २०७७
नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटन विरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । काँग्रेसको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले पहिलो र दोस्रो चरणका आन्दोलनका कार्यक्रमको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

