पाल्पामा थप ८ कोरोना संक्रमित थपिए
शुक्रबार, फागुन २८, २०७७
भगवान शिव र महाशिवरात्री
शुक्रबार, फागुन २८, २०७७
आज महाशिवरात्री । आजको दिन हिन्दू धर्मावलम्वीहरुले अत्यन्त श्रद्धा भक्तिपूर्वक महाशिवरात्री प्रमुुख चाडको रुपमा मनाउँदै छन् । यो भगवान शिवको प्रमुुख पर्व हो । हिन्दु धर्म शास्त्र अनुसार फागुन कृष्णपक्ष चतुुर्दशी तिथिको मध्यरातमा करोडौं सूर्य समान कान्ति भएका ज्योतिलिंग स्वरुप भगवान शिव स्वयं प्रकट हुुनुु भएको उक्त पवित्र रात्रीलाई महाशिवरात्री...
तानसेनको कमल पोखरीमा एक पुरुष मृत फेला
बुधबार, फागुन २६, २०७७
तानसेन नगरपालिका ७ प्रभासमा रहेको कमल पोखरीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । गत सोमबार पोखरीमा डुबेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
पाल्पाको छहरामा कोभिड अस्पताल, सदरमुकाम जाने बाध्यता टर्यो
बुधबार, फागुन २६, २०७७
पाल्पा, पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा कोभिड १९ अस्थायी अस्पताल स्थापना गरिएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको छहरा स्वास्थ्य चौकीलाई पाँच शैयाको अस्थायी कोभिड–१९ अस्पतालको रुपमा विस्तार गरेर सञ्चालनमा ल्याएको हो ।
थप ६३ संक्रमित डिस्चार्ज
बुधबार, फागुन २६, २०७७
पाल्पा, नेपालमा पछिल्लो २४ घण्टाको समय अवधिमा थप ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत ६३ जना संक्रमित डिस्चार्ज भएका हुन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर...
वडास्तरीय गायन तथा नृत्य प्रतियोगिता
बुधबार, फागुन २६, २०७७
पाल्पा (झडेवा), जिल्लाको माथागढी गाउँपालिकाले वडास्तरीय गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाले वडा नं ८ बहादुरपुरमा नारी दिवसको अवसर पारेर ‘आर्थिक र सामाजिक रुपान्तरणमा महिलाहरुको भूमिका’ विषयक गायन तथा नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
गुल्मीमा पनि राखियो एमालेको बोर्ड
बुधबार, फागुन २६, २०७७
गुल्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी एमाले लेखिएको बोर्ड राखिएको छ । जिल्ला सदरमुकाम तम्घास स्थित मदन आश्रीत भवनमा पार्टीका जिल्लास्तरका नेता तथा कार्य कर्ताहरुको उपस्थितीमा बोर्ड राखिएको अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य काशीराम पाण्डेयले जानकारी दिए ।
‘प्रहरी र नागरिकको सम्बन्ध सदृढ बनाउँछौं’
बुधबार, फागुन २६, २०७७
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक(एसपी) गोपलचन्द्र भट्टराईले प्रहरी र नागरिकहरु बीचको सम्बन्ध सुदृढ बनाएर जाने बताएका छन् ।केही दिन अघि सरुवा भएर गुल्मी आएका प्रहरी उपरिक्षक भट्टराईले पत्रकारसँग कुराकानी गर्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताएका हुन् ।
तानसेन सरकारले दियो कन्यालाई दान !
बुधबार, फागुन २६, २०७७
जिल्लाको तानसेन नगरपालिकाले पश्चिम क्षेत्रकै एक मात्र सामुदायिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालयका कन्या (छात्रा) हरुलाई सुत्नका लागि आवश्यक सामग्री सहयोग (दान) गरेको छ ।
गुल्मीमा सवारी साधन चोरी गर्ने व्यक्ति सार्वजनिक
मंगलबार, फागुन २५, २०७७
गुल्मी सवारी साधान चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको छ । सवारी चोरी गर्ने २३ वर्षका सन्दिप चुदारालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला
मंगलबार, फागुन २५, २०७७
चितवन राष्ट्रिय निकुञ्जको अमलटारीक्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्थामा फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो ।


