Shittalpati
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

गुल्मी, शुक्रबार राती मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका गौडाकोटबाट चारपालातर्फ जाँदै गरेको लु २३ प ५०६७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका गुल्मीदरबार गाउँपालिका वडा नम्वर ७ का ४५ बर्षीय रामबहादुर खत्रीको मृत्यु भएको हो ।

उनको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । घटनाको बारेमा थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update