सहकारीको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव :मन्त्री पौडेल
शुक्रबार, चैत २०, २०७७
इङ्ग्ल्याण्डको लगातार जित
शुक्रबार, चैत २०, २०७७
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ । पोल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह ‘आई’ मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ ।
बजारमा छाडा चौपाया
शुक्रबार, चैत २०, २०७७
तानसेनको शितलपाटी सडकमा छाडा छोडिएका चौपाया । पछिल्लो समय तानसेनका बजार क्षेत्र र बस्तीमा छाडा पशु चौपायाको बिगबिगी बढेको छ ।
नैतिकता माथिको प्रश्न
शुक्रबार, चैत २०, २०७७
सत्ता आरोहणपछि धेरै समयसम्म अस्वस्थ्य भएको बाहाना गर्ने प्रधानमन्त्री अहिले आएर राजनैतिक संकट समाधान भन्दा पनि आफु अब्बल भएको देखाउन देश व्यापी भ्रमण र सभामा भाषण गरी रहेका देखिन्छन् । यसले उनी राजनैतिक विचार भन्दा पनि आफ्ना तानाशाही पना लाद्ने ध्येयमा लागेको भन्ने सहजै बुझ्न सकिन्छ ।
स्वदेशमै श्रम र पसिनाका लागि तालिम
शुक्रबार, चैत २०, २०७७
स्वदेशमै श्रम र पसिना बगाई स्वदेशमै स्वरोजगार बनाउने अभिप्रायले जिल्लामा तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्र्तगत नेपाल पोशाक सिलाई तालिम दिन थालिएको हो । ‘स्वदेशमै श्रम, स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाल पोशाकहरु विद्यालयको...
पाल्पामा सडक अतिक्रमित घरटहरा भत्काउन थालियो
शुक्रबार, चैत २०, २०७७
जिल्लामा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकमा अतिक्रमण गरिए बनाइएका संरचनाहरु भत्काउन थालिएको छ । डिभिजन सडक कार्यालय पाल्पाले सडक सिमा अतिक्रमण गरी बनाएका स्थायी तथा अस्थायी संरचनाहरु विहीबारदेखि भत्काउन शुरु गरेको हो । डिभिजन कार्यालयले विगतमा कार्यालय सञ्चालन गरेको आफ्नै भवन भत्काएर अतिक्रमित संरचना भत्काउन कार्यको सुरुवात गरेको छ ।
पाल्पामा कोरोनाबाट थप एकको मृत्यु
बिहीबार, चैत १९, २०७७
जिल्लामा कोरोनाबाट थप एकको मृत्यु भएको छ । तानसेन नगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार ति पुरुषको घरमै मृत्यु भएको हो । मृतक पुरुषको किड्नीमा समस्या रहेको बताइएको छ ।
भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४ सय ५९ को मृत्यु
बिहीबार, चैत १९, २०७७
बुधबार कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार ९ सय २७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।
अब नेपाली आकाशमा इन्टरनेटको सुविधा
बिहीबार, चैत १९, २०७७
विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा प्रयोगको अनुमति दिन लागेको हो ।
वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह
बिहीबार, चैत १९, २०७७
राष्ट्रिय मानव अधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न ध्यानाकर्षण...
घट्दो रेमिट्यान्स
बिहीबार, चैत १९, २०७७
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण वैदेशिक रोजगारीमा रहेका कामदारहरुले रोजगारी गुमाउँदै जाँदा विदेशबाट भित्रने रेमिट्यान्स पनि घट्दै गएको छ । कोभिड संक्रमणका कारण कामदार वैदेशिक रोजगारीमा जान पाएका छैनन् भने विदेशमा रोजगारीमै रहेका कामदारहरुले पनि पूर्ण समय काम पाउन सकेका छ्रैनन् । जसले गर्दा रेमिटान्स ओरालो लाग्नो क्रममा छ ।


