Shittalpati
१ सय ६२ जनामा कोरोना हुँदा ५९ जना डिस्चार्ज
१ सय ६२ जनामा कोरोना हुँदा ५९ जना डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९ सय १९ मा पिसिआर परीक्षण गर्दा १ सय ६२ मा संक्रमण देखिएको जानकारी दिए ।
पाल्पामा डढेलोले वन सखाप ६४ ,ठाउँमा आगलागी
पाल्पामा डढेलोले वन सखाप ६४ ,ठाउँमा आगलागी चैत महिना लागेसँगै जिल्लामा डढेलोका घटनाहरु बढ्दै गएका छन् । यहाँ अहिले दिनहुँ जसो डढेलोका घटनाहरु बढ्ने गरेका छन् । अहिले यहाँका अधिकांस वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी बनेका छन् । जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख...
एक प्रहरी निरीक्षक सहित ३४ ट्राफिक सम्मानित
एक प्रहरी निरीक्षक सहित ३४ ट्राफिक सम्मानित सम्मानित हुनेहरु मध्ये ७ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले एनजेडीलाई जानकारी दिए ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा गाहाको स्मृतिमा शोक सभा
प्रजातान्त्रिक आन्दोलनका योद्धा गाहाको स्मृतिमा शोक सभा सभामा नेपाली काँग्रेस पाल्पामा सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले कुशल नेतृत्वका कारण प्रजातान्त्रिक आन्दोलन सफल भएको बताउदै गाहाले नेपालमा चलेको स्वतन्त्रताकाको आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको बताए ।
चन्द्रमा बचत तथा ऋण सहकारी संस्थाद्वारा अस्पतालाई ट्रली
चन्द्रमा बचत तथा ऋण सहकारी संस्थाद्वारा अस्पतालाई ट्रली सहकारी र भूपू सैनिकका एम्बुलेन्स चालक समेत रहेका रामबहादुर कुँवरको संयुक्त लगानीमा अस्पताललाई ट्रली हस्तान्तरण गरिएको अध्यक्ष कुलदिप थापाले जानकरी दिए । ‘अस्पतालमा ट्रलीको अत्यन्तै आवश्यकता रहेको हुनाले हामीले हस्तान्तरण गरेका हौं’, अध्यक्ष थापाले भने,‘बिरामी बोक्नको लागि अस्पतालाई ठूलो सहयोग पुग्नेछ ।’
नवलपुरमा भेटिए १४ कुष्ठरोगी
नवलपुरमा भेटिए १४ कुष्ठरोगी स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा १४ कुष्ठरोगी भेटिएका छन् । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन् । यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक/एक पुरुषमा कुष्ठरोग देखिएको छ । हुप्सेकोट, बुलिङटार...
त्रिदेशीय कपको उपाधि विजेतालाई १ लाख पुरस्कार
त्रिदेशीय कपको उपाधि विजेतालाई १ लाख पुरस्कार थ्री नेसन्स (त्रिदेशीय) कप फुटबलको उपाधि विजेता खेलाडीले जनही १ लाख रुपैयाँ पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विज्ञप्ति जारी गरी उपाधि विजेता टिमका खेलाडीलाई १/१ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
वायु प्रदूषणको प्रभाव
वायु प्रदूषणको प्रभाव वायु प्रदुषणको प्रभावले देशको जनजीवन प्रभावित भएको छ । विगत केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका अधिकांश भागमा वायु प्रदूषणको मात्रा असोचनीय रुपमा फैलिइरहेको देख्न सकिन्छ । विज्ञहरुले हाल फैलिरहेको वायु प्रदूषणको स्थिति निकै अस्वस्थकर रहेको बताएका छन् ।
कोरोनाबाट थप ३ जनाको ज्यान गयो
कोरोनाबाट थप ३ जनाको ज्यान गयो नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । मंगलबार तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार तीस पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।
तिनाउ मिसन र सिटिजन्स बैंक बिच एकीकृत कारोबार
तिनाउ मिसन र सिटिजन्स बैंक बिच एकीकृत कारोबार तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिटिजन्स बैंक बिच एकीकृत कारोबार सञ्चालनमा आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडसँग एकीकृत कारोबार सुरु गरेको हो ।
बिरामीलाई रिफरले सास्ती मानव अधिकारकर्मीको ध्यानाकर्षण
बिरामीलाई रिफरले सास्ती मानव अधिकारकर्मीको ध्यानाकर्षण जिल्लामा स्वास्थ्य बिमाका विरामीहरुले सास्ती खेप्नु परेको छ । बिमा गरेका व्यक्तिले पहिलो पटक सरकारी अस्पतालमा जानुपर्ने र त्यहाँ उपचार नभए मात्र अन्य अस्पतालमा रिफर दिने सरकारको प्रावधानले बिरामीले सास्ती पाएका छन् । उनीहरुले रिफर लिनकै लागि दिनभर जिल्ला अस्पतालमा लाईन बसेर मात्र रिफर लेटर पाउनेको गुनासो गरेपछि जिल्लाका मानव...
Weather Update