दुवै मृगौला फेल भएका श्रेष्ठले गरे सहयोगको अपिल
शनिबार, असार १२, २०७८
पाल्पामा पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन शुरु
शनिबार, असार १२, २०७८
शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजनाअनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययन भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाडौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका...
पाल्पामा निषेधाज्ञा पुनः असार २२ सम्म लम्बियो
शुक्रबार, असार ११, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण घट्दै गए पनि तेस्रो भेरियन्टको हल्लालाई ध्यानमा राखी निषेधाज्ञा पुनः असार २२ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबार बसेको बैंठकले १० दिन निषेधाज्ञा थप गरिएको जनाएको छ । यहाँ गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाँचौ...
पाल्पामा शुक्रबार २७ संक्रमितले कोरोना जिते, २७ जनामा संक्रमण
शुक्रबार, असार ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २७ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २७ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १८ जना महिला र ९ जना पुरुष कोरोनामुक्त भएका छन्...
तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकार मातहतमा लैजानुपर्नेमा जोड
शुक्रबार, असार ११, २०७८
तानसेन खानेपानी उपभोक्ता समितिलाई स्थानीय सरकार मातहतमा ल्याउनुपर्ने विषयमा आवाज उठेको छ । तानसेन खानेपानी व्यवस्थापनका लागि नागरिक परामर्श समितिको तानसेनमा बसेको पहिलो बैंठकमा सहभागीहरुले उपभोक्ता समितिमार्फत खानेपानी वितरणमा पटक –पटक अनियमिता हुँदै आएपछि स्थानीय सरकार मातहतमा लैजानुपर्ने आवाज उठाएका हुन् ।
घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्न मालिका गाउँ सरकारले बनायो कानुन
शुक्रबार, असार ११, २०७८
गुल्मीको मालिका गाउँ सरकारले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरी बिक्री वितरण गर्न कानुनी बनाएको छ । स्थानीय स्तरमा उत्पादित कोदोबाट गाउँ–गाउँमा बनाइने मदिरा (लोकल रक्सी) लाई व्यावसायिक रूपमा बिक्री खुला गर्ने गरी गाउँ सरकारले आफ्नै कानुन निर्माण गरेको हो ।
काँग्रेस महाधिवेशनको चर्चा
शुक्रबार, असार ११, २०७८
नेपाली काँग्रेस पार्टीको महाधिवेशन नजिकिदै छ । नियमित रूपमा भएको भए २०७६ सालमै भइसक्नुपर्ने महाधिवेशन विभिन्न कारणले मिति सर्दासर्दै अहिले भदौमा हुने भनिएको छ । यो कानुनतः अन्तिम म्याद हो । संविधान तथा पार्टीको विधानले निर्धारित गरेको समयावधिभित्रै महाधिवेशन गर्न नसकेका खण्डमा पार्टीको वैधानिकता कायम नहुने भएकाले यो म्याद नेपाली...
कालीगण्डकी गाउँ सरकारले ल्यायो ४५ करोड ७६ लाखको बजेट
शुक्रबार, असार ११, २०७८
जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीले अर्थिक वर्ष २०७८÷०७९ को लागि ४५ करोड ७६ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले नवौं गाउँसभामार्फत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै अगामी आर्थिक वर्षका लागि ४५ करोड ७६ लाख ९० हजारको बजेट ल्याएको हो ।
पाल्पाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक घाइते
बिहीबार, असार १०, २०७८
जिल्लाको तिनाउ गाउँपालिका –३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना भएको छ । विहीबार पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु ६७ प ५९११ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

.jpg)
