Shittalpati
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त
पाल्पामा थप १४ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्ला २४ घण्टामा थप १४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १४ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन नेपाली काँग्रेसको शुक्रबार हुने भनिएको वडा तहको अधिवेशन पाल्पा र गुल्मीमा हुन सकेन । केही वडाको क्रियाशील सदस्यता छुटेको र निर्वाचन अधिकृत आउन ढिलाइ गरेका कारण निर्धारित मितिमा वडा अधिवेशन हुन नसकेको हो ।
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता
पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।
काँग्रेसको वडा अधिवेशन प्रारम्भ
काँग्रेसको वडा अधिवेशन प्रारम्भ नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि वडा अधिवेशन हुन लागेको हो ।
नेप्से र कारोबार रकम दुवैमा ओरालो
नेप्से र कारोबार रकम दुवैमा ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९ सय २६.८९ मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ ।
गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग
गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग कोरोना महामारीका कारण देशका अधिकांस साना तथा घरेलु उद्योगहरु बन्द भइरहेका बेला गुल्मीको कालीगण्डी गाउँपालिकाको पूर्तिघाटमा भने चप्पल उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी बुद्धि घर्ती मगर र विक्रम श्रीस मगरले १० लाख रुपैयाँको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् ।
इन्धन मूल्यवृद्धिको असर
इन्धन मूल्यवृद्धिको असर सरकारले बारम्बार जनताको ढाड सेक्ने गरी इन्धनको मूल्यवृद्धि गर्दै आएको छ । एकै वर्षमा दर्जनौंपटक नागरिकको दैनिक जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने गरेको छ । नागरिकलाई सहजरूपमा सेवा–सुविधा दिने बाचा गर्ने सरकार पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेर सर्वसाधारणमाथि बोझ थप्दैआएको छ ।
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । स्वीकृत पाएको साढे ३ महिनाको अवधिमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।
माथागढीले विद्यार्थीको सिकाइ सहजीकरण गर्न पुस्तिका बनाउँदै
माथागढीले विद्यार्थीको सिकाइ सहजीकरण गर्न पुस्तिका बनाउँदै जिल्लाको माथागढी गाउँपालिकाले विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्न सिकाइ तथा मुल्यांकन पुस्तिकाको तयारी थालेको छ । कोभिडका कारण भौतिक उपस्थितीमा विद्यालय खुल्ने अनिश्चित भए पछि गाउँपालिकाले विद्यार्थीहरुको सहजीकरणका लागि पुस्तिका बनाउने तयारी थालेको हो ।
तम्घास–सिमलटारी सडक भासियो
तम्घास–सिमलटारी सडक भासियो लगातारको वर्षाका कारण जमिन गलेपछि मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी खण्डको सेउघा सडक भासिएको छ । तम्घास–सिमलटारी खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडक भासिएको हो ।
Weather Update