दल फुटाउने अध्यादेश
शुक्रबार, भदौ ४, २०७८

पाल्पा कोरोना अपडेट: बिहीबार ४३ जना संक्रमितले कोरोना जिते, १८ जनामा संक्रमण
बिहीबार, भदौ ३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४३ जना संक्रमितले कोरोना जितेका हुन् ।

व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग
बिहीबार, भदौ ३, २०७८
गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो ।
.jpg)
गुल्मीमा संक्रमितको लापरबाहीले कोरोना बढ्यो
बिहीबार, भदौ ३, २०७८
गुल्मीमा कोरोना संक्रमितको लापरबाहीका कारणले गर्दा कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिएको छ । गुल्मी अस्पताल तम्घासमा उपचार गराउन आउने बिरामीको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टी भए पनि उनीहरुले लापरबाही गर्दा कोरोनाको जोखिम बढ्दै गएको सामान्य उपचारका लागि मालिका गाउँपालिकाबाट गुल्मी अस्पताल आएका नरबहादुर कार्कीले बताए ।

यामाहाले गर्यो प्रहरीलाई मोटरसाइकल सहयोग
बिहीबार, भदौ ३, २०७८
यामाहा मोटरसाईकल तथा स्कुटर कम्पनी यामाहा नेपाल (एमएडब्लू) ले नेपाल प्रहरीलाई मोटरसाइकल सहयोग गरेको छ । यामाहाले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यामाहा एफ जेड–२५ र सालुटो नामका दुईवटा मोटरसाइकल काठमाडौं कालिमाटी बिटमा नेपाल प्रहरीलाई दिएको हो ।

पाल्पाका स्थानीय सरकारको प्राथमिकता कृषि , उत्पादन बढाउन कृषकलाई औजार
बिहीबार, भदौ ३, २०७८
जिल्लाका स्थानीय सरकारहरुले कृषिलाई प्राथमिकता दिएर अगाडि बढेका छन् । उनीहरुले कृषिबाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै कृषिलाई प्राथामिकतामा राखेर काम गर्दै आएको पाइन्छ । यहाँका स्थानीय सरकारले कृषकलाई कृषिमा लाग्न प्रोत्साहन गर्दै आएका छन् । कृषकलाई अनुदानमा कृषि औजार, विउ विजन र प्राविधिक सहयोग समेत यहाँका स्थानीय...

छिटो सबैलाई खोप देऊ
बिहीबार, भदौ ३, २०७८
नेपालमा पछिल्लो केही दिन यता पुनः कोरोना संक्रमणको गा्रफ उकालो लागेको छ । देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञा हाल खुकुलो बनाउँदै लगेका कारण कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । दैनिक रुपमा हुने संक्रमित र मृतकहरुको संख्या थपिन थालेको स्थितिमा आगामी दिनका लागि शुभ संकेत पक्कै पनि होइन ।

पाल्पा कोरोना अपडेट : बुधबार ४५ जना नयाँ संक्रमित थपिए, ३२ जना निको
बुधबार, भदौ २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।

लुम्बिनीमा प्रदेशसभा बैठक स्थगन
बुधबार, भदौ २, २०७८
लुम्बिनी प्रदेशसभाको बुधबारको बैठक स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दोस्रो दिन पनि अवरुद्ध गरेका कारण बैंठक स्थगित भएको हो । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सञ्चालनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध गरेकाले बिहीबारसम्म बैठक स्थगन भएको घोषणा गरे ।
.jpg)
सुन्दर तानसेन बनाउन सम्झौता
बुधबार, भदौ २, २०७८
जिल्लाको तानसेन नगरपालिकाले नगरलाई सुन्दर र सफा शहर बनाउने गरी योजना अगाडि बढाएको छ । नगर सरकारले तानसेनको फोहोर व्यवस्थापन गरी सुन्दर र सफा नगर बनाउन योजना अगाडि बढाएको हो ।

नगदसहित ‘कुमारी स्मार्ट लग इन च्यालेञ्ज’
बुधबार, भदौ २, २०७८
कुमारी बैंकले ग्राहकवर्गहरुलाई लक्षित गरी कुमार स्मार्ट वान मन्थ लगइन च्यलेन्ज नामक आकर्षक अभियान शुरु गरेको छ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले बैंकले ग्राहकलाई लक्षित गरी उक्त अभियान शुरु गरेको हो ।

बाँदर आतंकले जोगिएन खेती
बुधबार, भदौ २, २०७८
गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उनले यस वर्ष भने एक मुरी जति मकै स्याहरिन् ।

निर्धारित समयमै महाधिवेशन होस्
बुधबार, भदौ २, २०७८
नेपाली काँग्रेसको महाधिवेशन तीन महिना पछि धकेलिएको छ । अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले कांँग्रेसलाई महाधिवेशनको मिति धकेल्ने एउटा मौका मिलेको हो । त्यही मौकाको सदुपयोग गर्दै काँग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय गरेको मिति मंसिरमा पुर्याएको छ । यसलाई परिस्थिती अनुसार उपयुक्त समयका रुपमा लिन...