Shittalpati
भोट हाल्न गाउँ फर्कन थाले मतदाता
भोट हाल्न गाउँ फर्कन थाले मतदाता वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न मतदाताहरु गाउँ फर्कन थालेका छन् । रोजगार,पेशा, व्यवसाय र अध्ययनको सिलसिलामा सहरबजार तथा विभिन्न देश पुगेका मतदाताहरु भोट हाल्न गाउँ फर्किएका हुन् । काठमाडौं, बुटवल, पोखरा लगायतका ठाउँबाट आउने गाडीहरुमा यात्रुहरुको घचाघच चाप देख्न सकिन्छ । अघिपछि यात्रुको संख्या...
नेपाल पे क्यूआर सेवा सञ्चालन गर्न सम्झौता
नेपाल पे क्यूआर सेवा सञ्चालन गर्न सम्झौता ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ हाउसले नेपाल पे क्यूआर सेवा सञ्चालनका लागि सम्झौता गरेका छन् । नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको सेवा थालनीका लागि यि दुई संस्थाले सम्झौता गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा...
व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट
व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ । कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिए । कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख...
आज मध्यरातदेखि मौन अवधि, के गर्न पाइँदैन ?
आज मध्यरातदेखि मौन अवधि, के गर्न पाइँदैन ? स्थानीय तह निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको...
स्थानीय तह निर्वाचन, मतदान केन्द्र हिंडे कर्मचारी
स्थानीय तह निर्वाचन, मतदान केन्द्र हिंडे कर्मचारी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रका लागि खटिएका कर्मचारी सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् । सदरमुकामदेखि टाढा रहेका केन्द्रमा जाने कर्मचारी सोमबार नै निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका हुन् । रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकाका...
‘कृषि र पर्यटनको विकास गरी रैनादेवीमा समृद्धि ल्याउँछु’
‘कृषि र पर्यटनको विकास गरी रैनादेवीमा समृद्धि ल्याउँछु’ जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार रुक्मागत भट्टराईले कृषि र पर्यटन क्षेत्रको विकास गरी पालिकामा समृद्धि ल्याउने बताएका छन् । पाल्पाको राजनीतिक र सामाजिक क्षेत्रमा समेत परिचित भट्टराईले यहाँको सम्भावना कृषि र पर्यटनको रहेकाले त्यसको विकास गरी रैनादेवीको समृद्धि र विकास गर्ने बताए । एनजेडीसँगको कुराकानीमा भट्टराईले आफु...
देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’
देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’ तानसेनको देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’ सञ्चालनमा आएको छ । सुपथ मूल्य पसल खुलेपछि एकाधिकाको समस्यामा परेका बर्तुङ्ग क्षेत्रका स्थानीय खुसी भएका छन् । उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ पसल सञ्चालन गरेको हो ।
‘तानसेन ३ लाई नमूना वडा बनाउँछु’
‘तानसेन ३ लाई नमूना वडा बनाउँछु’ तानसेन नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवारी दिएका भुगोल प्रसाद बैजु( श्रेष्ठ)ले वडालाई देशकै नमूना वडा बनाउने बताएका छन् । योजना, घोषणापत्र सहित जनतासँग मत माग्दै घरदैलो गरेका बैजुले वडा अध्यक्षमा निर्वाचित भएमा वडाको समृद्धि र विकास गरी देशकै नमूना वडा बनाउने संकल्प गरेका हुन् ।
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा
बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा प्रमुख या निर्णायक ठाउँमा महिलाको उपस्थिति हुन नसिकरहेको बेला पाल्पाको बगनासकाली गाउँपालिकामा भने अध्यक्ष पदमा महिलाबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । यहाँ पालिका अध्यक्षका लागि चार जना महिलाले उम्मेदवारी दिएका छन् । ५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी जिल्ला सचिव सुनिता अधिकारी, नेकपा एमालेबाट निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी,...
चैत मसान्तसम्म दुई सय ३२ उद्योग दर्ता
चैत मसान्तसम्म दुई सय ३२ उद्योग दर्ता चालू आवको चैत मसान्तसम्म नेपालमा दुई ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा एक सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।
गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा
गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पाका विभिन्न पालिकाका गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्‍याएका हुन् ।
Weather Update