Shittalpati
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए

पाल्पा, स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।

उनी वैशाख २२ गते पोखरा भ्रमणबाट फर्कि स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । बेपत्ता उनको नदी किनारमा शव भेटिएको हो । अहमदको शवलाई पोष्मार्टका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update