आज मध्यरातदेखि मौन अवधि, के गर्न पाइँदैन ?
मंगलबार, वैशाख २७, २०७९
स्थानीय तह निर्वाचन, मतदान केन्द्र हिंडे कर्मचारी
मंगलबार, वैशाख २७, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रका लागि खटिएका कर्मचारी सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन् । सदरमुकामदेखि टाढा रहेका केन्द्रमा जाने कर्मचारी सोमबार नै निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका हुन् । रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिका, तिनाउ गाउँपालिका र माथागढी गाउँपालिकाका...
‘कृषि र पर्यटनको विकास गरी रैनादेवीमा समृद्धि ल्याउँछु’
मंगलबार, वैशाख २७, २०७९
जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा उम्मेदवार रुक्मागत भट्टराईले कृषि र पर्यटन क्षेत्रको विकास गरी पालिकामा समृद्धि ल्याउने बताएका छन् । पाल्पाको राजनीतिक र सामाजिक क्षेत्रमा समेत परिचित भट्टराईले यहाँको सम्भावना कृषि र पर्यटनको रहेकाले त्यसको विकास गरी रैनादेवीको समृद्धि र विकास गर्ने बताए । एनजेडीसँगको कुराकानीमा भट्टराईले आफु...
देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’
मंगलबार, वैशाख २७, २०७९
तानसेनको देवकोटा चोकमा ‘बर्तुङ्ग सुपथ पसल’ सञ्चालनमा आएको छ । सुपथ मूल्य पसल खुलेपछि एकाधिकाको समस्यामा परेका बर्तुङ्ग क्षेत्रका स्थानीय खुसी भएका छन् । उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले तानसेन नगरपालिकाको आर्थिक सहयोगमा बर्तुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सुपथ पसल सञ्चालन गरेको हो ।
‘तानसेन ३ लाई नमूना वडा बनाउँछु’
सोमबार, वैशाख २६, २०७९
तानसेन नगरपालिका ३ मा स्वतन्त्र उम्मेदवारी दिएका भुगोल प्रसाद बैजु( श्रेष्ठ)ले वडालाई देशकै नमूना वडा बनाउने बताएका छन् । योजना, घोषणापत्र सहित जनतासँग मत माग्दै घरदैलो गरेका बैजुले वडा अध्यक्षमा निर्वाचित भएमा वडाको समृद्धि र विकास गरी देशकै नमूना वडा बनाउने संकल्प गरेका हुन् ।
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत भेटिए
सोमबार, वैशाख २६, २०७९
स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् ।
बगनासकालीको अध्यक्षमा दुई महिलाबिच रोचक प्रतिस्पर्धा
सोमबार, वैशाख २६, २०७९
प्रमुख या निर्णायक ठाउँमा महिलाको उपस्थिति हुन नसिकरहेको बेला पाल्पाको बगनासकाली गाउँपालिकामा भने अध्यक्ष पदमा महिलाबिच मुख्य प्रतिस्पर्धा देखिएको छ । यहाँ पालिका अध्यक्षका लागि चार जना महिलाले उम्मेदवारी दिएका छन् । ५ दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी जिल्ला सचिव सुनिता अधिकारी, नेकपा एमालेबाट निवर्तमान पालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामी,...
चैत मसान्तसम्म दुई सय ३२ उद्योग दर्ता
सोमबार, वैशाख २६, २०७९
चालू आवको चैत मसान्तसम्म नेपालमा दुई ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा एक सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म आठ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ ।
गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि पाल्पाका विभिन्न पालिकाका गठबन्धनका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएका हुन् ।
पाल्पामा निर्वाचन स्वच्छ,निष्पक्ष बनाउन दलहरुले गरे साझा प्रतिवद्धता
आइतबार, वैशाख २५, २०७९
पाल्पाका ७ राजनीतिक दलहरुले स्थानीयतह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धता व्यक्त गरेका छन् । पाल्पा विकास केन्द्रले तानसेनमा गरेको अन्तक्र्रिया तथा रेडियो बहस कार्यक्रममा बोल्दै जिल्लाका राजनीतिक दलहरुले निर्वाचन आचार संहिता पूर्ण रुपमा पालन गर्ने, राजनीतिक दलहरु बिच स्वच्छ भयरहित वातावरणमा प्रचार–प्रसार गर्ने, आ–आफ्ना...
पाल्पामा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइने
आइतबार, वैशाख २५, २०७९
जिल्लामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा बसेको बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २७ गतेदेखि मतगणनको कार्य सम्पन्न नभएसम्मको लागि जिल्लाभर मदिराको...
‘चुनावका बेला आउनेहरू जितेपछि कता हराउँछन् होला ?’
आइतबार, वैशाख २५, २०७९
स्थानीय तह निर्वाचन आउन अब ५ दिन मात्रै बाँकी छ । दलहरुले विभिन्न नारा लिएर जनताको घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । उनीहरु भोट आफ्नो पोल्टामा पार्न गाउँ पसेका छन् । यतिबेला मुलुक चुनावमय भएको छ । तर, गएको निर्वाचनमा मत लिएर गएकाहरु नफर्केको भन्दै केही मतदाताहरु भने आक्रोशित भएका...
पाल्पामा मतदान अधिकृतलाई तालिम
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने जिल्ला मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । दुई दिनसम्म चलेको तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र, मतपेटिका राख्ने ठाउँ, रुजु गर्ने तथा मतदान केन्द्र निर्माण गर्ने तरिका, कर्मचारी आचारसंहितालगायतका विषयमा तालिम...


