आइतबार देशभर सार्वजनिक बिदा
शनिबार, चैत २६, २०७८

सुत्केरी खर्चले थप्यो पशुपालनमा उर्जा
शनिबार, चैत २६, २०७८
नागिनी एग्रो एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक नरनारायण अर्यालले ३६ वटा भैँसी सुत्केरी भएवापत ३६ हजार रकम बुझे । सो रकम पशु सुत्केरी पोषण खर्चका निम्ति अर्याललाई उपलब्ध गराइएको हो ।

आज चैते दशैं मनाइँदै
शनिबार, चैत २६, २०७८
आज चैत शुक्ल अष्टमी, अर्थात् चैते दशैं । नवदुर्गा भवानीको उपासना गरी चैते दशैं पर्व आज मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्य माथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दु धर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ।

हरित स्वयंसेवकलाई प्रविधि सिकाइ तालिम
शनिबार, चैत २६, २०७८
जिल्लामा हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले कृषि क्षेत्रको विकास र विस्तारमा काम गर्दै आएका हरित स्वयंसेवकका लागि प्रविधि सम्बन्धी सिकाइ तालिम दिएको हो ।

अर्थतन्त्रमा ठूलो चुनौती : गभर्नर अधिकारी
शनिबार, चैत २६, २०७८
अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने बताउँदै आएका बेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने मुलुकको अर्थतन्त्र ठूलो चुनौतीमा हरेको बताएका छन् । उनले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती उत्पन्न हुने चेतावनी दिर्दै आएका छन् ।

चैते दशैं र रामनवमी
शनिबार, चैत २६, २०७८
दशैं नेपालीहरुको महान चाड हो । यसलाई सांस्कृतिक महत्वको पर्व पनि भन्ने गरिन्छ । त्यसैगरी चैते दशैं पनि अशोजमा पर्ने मूख्य दशैं को एउटा प्रतिविम्वत पर्व हो भनिन्छ ।

चैते दशैंको महत्व
शनिबार, चैत २६, २०७८
नेपाली समाजमा मनाइने हरेक चाडपर्वहरूको आफ्नै विशेष महत्व रहने गर्दछ । खासगरी धर्म, समुदाय वा सम्प्रदाय, भूगोल, जातजाति अनुसार फरक–फरक चाडपर्वहरू मनाइने गरिन्छ । फरक धर्मका फरक चाडपर्व त छन् नै, एउटै धर्म भित्र पनि समुदाय र भूगोल अनुसार चाडपर्व र एउटै चाडपर्व मनाउँदा पनि फरकफरक तौर तरिका अपनाएर मनाइने...

उद्योगी, व्यवसायीको सुरक्षामा सरकारले ध्यान दिन्छ : गृहमन्त्री खाण
शुक्रबार, चैत २५, २०७८
गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् ।

गुल्मी महोत्सव सुरू, गृहमन्त्री खाणले गरे उद्घाटन
शुक्रबार, चैत २५, २०७८
चौथो गुल्मी महोत्सव सुरु भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न शुक्रबारदेखि महोत्सव सुरु भएको हो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सवको गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गरेका थिए ।

बगनासकाली गाउँ सरकारको चार तले प्रशासकीय भवन शिलान्यास
शुक्रबार, चैत २५, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले सुविधा सम्पन्न चार तले प्रशासकिय भवन बनाउन थालेको छ । गाउँपालिकाले कुल ८ करोड ३८ लाख ३० हजार ६ सय ८९ रुपैयाँ लागतमा निर्माण हुने प्रशासकीय भवन बनाउन सुरु गरेको हो । भवनको शुक्रबार गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले एक औपचारिक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।

तानसेनमा वाइसीएलको नगर कमिटी गठन
शुक्रबार, चैत २५, २०७८
तानसेनमा वाइसीयएल नगर कमिटी गठन गरिएको छ । योङ् कम्युनिष्ट लिग नेपाल तानसेनको भेलाले नविन घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय वाइसीएल नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनिष रावल, चेतन फाल मगर, सचिवमा सुरेश बिष्ट, सहसचिवमा मीन अर्घाली र कोषाध्क्षमा महेश कार्की रहेका छन् ।

पाल्पामा राष्ट्रिय महिला बिच भलिबल, सात प्रदेशका खेलाडी रानीमहलमा
शुक्रबार, चैत २५, २०७८
पाल्पाको ऐतिहासिक तथा पर्यटकीय स्थल रानीमहलमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सञ्चालन भएको छ । कालीगण्डकीको बगरमा बिहीबारदेखि खेल सञ्चालन भएको हो । सञ्जय स्मृति प्रतिष्ठान काठमाडौंको आयोजना, राष्ट्रिय भलिबल संघ काठमाडौंको सहकार्यमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता भएको छ । प्रतियोगिता चैत २६ गतेसम्म सञ्चालन हुनेछ ।

भूमि आयोग पाल्पाका नवनियुक्त पदाधिकारीहरुद्वारा पदवहाली
शुक्रबार, चैत २५, २०७८
जिल्ला भूमि आयोग पाल्पा समितिको संयोजक सहित सदस्यहरुले पदवहाली गरेका छन् । सरकारले भुमि आयोग पाल्पा समितिको संयोजक मोहन गैरे, विज्ञ सदस्यमा कृष्ण प्रसाद अधिकारी, सदस्यमा अमरसिंह प्रधान र महिला सदस्यमा मिना पंन्थीलाई नियुक्त गरेको छ ।