धार्मिक पर्यटकीय क्षेत्रको रूपमा कटहरबारी पार्क
मंगलबार, साउन ३१, २०७९
तानसेनमा कुक लेवल टु को तालिम सञ्चालन
मंगलबार, साउन ३१, २०७९
तानसेनमा कुकु सम्बन्धी सिटी भिटी लेवल टु को तालिम सञ्चालन भएको छ । तानसेन नगरपालिका, लुम्बिनी प्रदेश दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनामार्फत शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालिले निःशुल्क कार्यगत अभ्यास सहितको दश महिने प्राफेशनल कुकु लेवल टु को तालिम सोमबारदेखि सञ्चालन गरेको हो ।
दराज मल फेस्ट अभियान
मंगलबार, साउन ३१, २०७९
नेपालको अग्रणी अनलाइन बजार, दराजले साउन ३० देखि दराज मल फेस्ट अभियान सुरु गरेको छ । यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम सपिङ अनुभव प्रदान गर्ने जनाइएको छ । अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु. ७ हजार सम्मको भउचरहरू, ब्रान्ड अफ द डे,...
उपभोक्ता सचेत बनौं
मंगलबार, साउन ३१, २०७९
पछिल्लो समयमा कृषिजन्य वस्तुहरुमा अत्याधिक मात्रमा विषादी प्रयोग हुने गरेको पाइएको छ । एकातिर, पर्याप्त सावधानी नअपनाई बालीमा विषादी छर्कंदा किसानहरूले विभिन्न स्वास्थ्य समस्या भोगिरहेका छन् भने, अर्कातिर अत्याधिक विषादी प्रयोग गरी फलाइएका, भण्डारण गरिएका र पकाइएका तरकारी र फलफूलमार्फत उपभोक्ताले पनि मन्द रूपमा ‘विष’ खाइरहेका छन् ।
रुपन्देहीमा गोली चल्दा एक घाइते
सोमबार, साउन ३०, २०७९
रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा गोली चल्दा एक जना घाइते भएका छन् । मध्यरातमा प्रहार भएको गोलीले सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका विकास गुरुङ घाइते भएका हुन् ।
भगवती जात्राको झल्को ‘गणेशको रथयात्रा’
सोमबार, साउन ३०, २०७९
पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । कोभिडका कारण दुई वर्ष केही व्यक्तिहरुको सहभागितामा निकालिएको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा यस वर्ष भने आइतबार...
पाल्पामा छ हजार बढी मतदाता थपिए
सोमबार, साउन ३०, २०७९
पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताहरुले नाम दर्ता गराए पछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन् ।
राष्ट्र बैंकले खरिद गर्यो साढे ६ अर्बको ट्रेजरी बिल
सोमबार, साउन ३०, २०७९
राष्ट्र बैंकले साढे ६ अर्बको ट्रेजरी बिल खरिद गरेको छ । बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले ट्रेजरी बिल खरिद गरेको हो ।
तानसेनमा निकालियो गणेशको रथयात्रा
आइतबार, साउन २९, २०७९
पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ ।
तानसेनमा बाघ जात्रा देखाइयो
आइतबार, साउन २९, २०७९
पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने बाघ जात्रा आइतबार देखाइएको हो । सो अवसरमा तानसेनको बजारमा बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरेका थिए । बाघको रुपमा सिंगारिएको मान्छेलाई शिकारीहरुले घेरेको अभियनमा बाघ जात्रा देखाइन्छ ।
साँस्कृतिक सहर तानसेन
आइतबार, साउन २९, २०७९
तानसेन पाल्पा जिल्लाको सांस्कृतिक सहर । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो स्थानमा पर्ने सांस्कृतिक सहर हो । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिन सम्म यहाँ जात्रा चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि यसलाई जिल्ला भित्रको सांस्कृतिक सहर भनिएको हो । काठमाडौं उपत्यकामा थुप्रै जात्रा चाडपर्वहरु मनाइन्छ जसको आ–आफनै विशेषताहरु...
पाल्पामा उद्योग व्यवसायमा युवाको आकर्षण, फस्टाउँदै उद्योग व्यवसाय
आइतबार, साउन २९, २०७९
पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार हुँदै गएको छ । गाउँमै बसेर आयआर्जनका निम्ति विभिन्न उद्योग सञ्चालन गर्ने युवाको अहिले होडबाजी नै छ । पाल्पा पहाडी जिल्ला भए पनि सदरमुकाम तानसेनमा मात्र नभई पछिल्ला वर्षमा गाउँ–गाउँमा उद्योग...
बालबालिकालाई खोप दिइँदै
आइतबार, साउन २९, २०७९
बालबालिकालाई दोस्रो चरणको कोभिड विरुद्धको खोप दिइन लागिएको छ । सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि दोस्रो चरणको खोपको पहिलो मात्रा भदौ ५ बाट दिन लागेको हो । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भदौ ५ देखि ११ सम्म र दोस्रो मात्रा भदौ २७ देखि असोज १ सम्म लगाइने...


