Shittalpati
प्रभावित नहोस् विकास निर्माण
प्रभावित नहोस् विकास निर्माण यतिबेला मुलुुक निर्वाचनको महोत्सवमा होमिएको छ । सबैको ध्यान मंसिर ४ मा हुुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनतर्फ छ । राजनीतिक दल र सरकारले आफ्ना तयारीहरु चुनाव केन्द्रीत गरिरहेका छन् । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाइराख्न आवधिक निर्वाचन अनिवार्य सर्त हो ।
चुनावी प्रतिस्पर्धात्मक
चुनावी प्रतिस्पर्धात्मक आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब तीन साता पनि बाँकी छैन । चुनावको मिति नजिकिँदै जाँदा चुनावको माहोल तातेकोे छ । राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ताहरू मतदाताको घरघर पुगिरहेका छन् । मतदातालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका उम्मेदवारले आम मतदातालाई अनेक आश्वासन...
काँग्रेस घोषणापत्रको सार्थकता
काँग्रेस घोषणापत्रको सार्थकता आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरुले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरिहेका छन् । नेपाली काँग्रेसले पनि आसन्न निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरिसकेको छ । कुनै पनि दल र उम्मेदवारले आफुले जितेपछि के–के गर्ने भन्ने कुराको योजना घोषणा पत्रमा उल्लेख गर्ने गर्दछन् ...
सहरीकरण दिवसको सन्दर्भ
सहरीकरण दिवसको सन्दर्भ आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइंँदै छ । संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व सहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ । साधारणतया ग्रामीण र सहरी भनेर मानिसले बसोबास गर्ने क्षेत्रलाई विभाजन गर्ने प्रचलन छ ।
खै बजार अनुगमन ?
खै बजार अनुगमन ? नेपालीहरुको घरआँगनमा दोस्रो महान चाड तिहार भित्रिएको छ । बजारमा किनमेल गर्नेहरुको भिड बढ्न थालेको छ । निकै खर्चिलो चाडका रुपमा समेत लिइने तिहारमा बजार अनुगमन हुन सकिरहेको छैन । देसैं आसन्न निर्वाचनको विषयमा केन्द्रित छ, यद्यपि चाडपर्वलाई लक्षित गरेर ठूलो मात्रामा चीजवस्तुहरु बजारमा खरिद–बिक्री भैरहेका छन् ।
Weather Update