नवजनचेतना राष्ट्रिय दैनिक २०८१ माघ ११ गते शुक्रबार
शुक्रबार, माघ ११, २०८१

सरकार ! अब अलमल नगर
बुधबार, माघ ९, २०८१
सरकार प्रतिदिन आलोचित भइरहेको छ । मुलुकका दुई ठूला दल मिलेर बनेको बलियो सरकार बने पनि जनताका इच्छा, आकांक्षाको सम्बोधन हुन सकेको छैन् । जोड–घटाउका हिसाबले सरकार बलियो छ स्थिर छ र आफ्नो कार्यकाल निर्विध्न पूरा गर्न सक्छ । तर, यही सरकार गठन भएपछि जनताले सुशासन प्रत्याभूत गर्न पाएका छैन्...

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सोमबार, माघ ७, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूकुम पश्चिम, धनुषा र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

कानूनी राज्यमाथि आक्रमण
सोमबार, माघ ७, २०८१
सहकारी घोटाला प्रकरणमा न्यायलयको कठघरामा तानिएका रास्वपाका सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछाने अहिले कुनै हिन्दी फिल्मका डन जस्तै भएका छन् । उनका हरेक अभिनयले देशका विभिन्न स्थानमा अनेकौं मञ्चनहरु मच्चाई रहेका छन् । हालै काठमाडौं जिल्ला अदालतबाट भएको धरौटी बुझाउने गरी फैसला भएपछि रास्वपाका कार्यकर्ता र नेता समेत संलग्न भई...

अराजक गतिविधि बन्द गर
आइतबार, माघ ६, २०८१
पछिल्लो समय न्यायलयप्रतिको सम्मानमा आक्रमण हुँदै गएको छ । भित्र बहस चलिरहने र बाहिर अदालत परिसरमा अराजक गतिविधि हुनुले न्यायलयमाथि आक्रमण बढेको ठहर भएको छ । केही दिन अघि मात्रै काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको घटनाले लज्जित बनाएको छ ।

१८ बैंकको ब्याजदर स्थिर
शनिबार, माघ ५, २०८१
१८ बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । माघ महिनाका लागि २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत् राखेका हुन् ।

डिजिटल सुरक्षा र बढ्दो चुनौती
शनिबार, माघ ५, २०८१
विश्व विज्ञान प्रविधिको युगमा छ । डिजिटल प्रविधिका कारण विश्व नै सांघुरो बनेको छ । अहिले मानिसको दिनचर्यामा सबैभन्दा बढी प्रभाव डिजिटल उपकरणले पारेको देखिन्छ । इन्टरनेट र सामाजिक सञ्जाल जस्ता डिजिटल दुनियाँबिना अधिकांशको दैनिकी नै चलाउन गाह्रो बन्दै गएको छ ।

महँगी नियन्त्रणमा गम्भीर बन
शुक्रबार, माघ ४, २०८१
पछिल्ला दिनहरुमा महँगी अत्याधिक रुपमा बढेको छ । बजार मूल्य नियन्त्रणमा आउन नसकेका कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् ।