नवजनचेतना राष्ट्रिय दैनिक २०८१ माघ २४ गते बिहीबार
बिहीबार, माघ २४, २०८१

आज विश्व सिमसार दिवस मनाइँदै
आइतबार, माघ २०, २०८१
विश्व सिमसार दिवस आज मनाइँदै छ । हरेक वर्षको फेब्रुअरी २ मा चेतना मुलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै आएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।

सिमसार जोगाउन जुटौँ
आइतबार, माघ २०, २०८१
जहाँ छिपछिपे पानी हुन्छ, दलदल हुन्छ, धाप हुन्छ त्यो सिमसार हो । पानीको शुद्धीकरणको मामलामा सिमसारलाई मानिसको शरीरको मिर्गाैलासँग दाँजिन्छ । सिमसार मानिसका लागि र स्वयं पृथ्वीको जीवनका लागि पनि अदभुत रूपमा महत्वपूर्ण ठाउँ हो । विज्ञहरू सिमसारलाई धर्तीको मिर्गाैला भन्छन् ।

दुर्घटनामा एक जनाको मृत्यु, नौ घाइते
शनिबार, माघ १९, २०८१
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को दुम्कीवास जङ्गलमा बस र इभि हाइस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य नौ जना घाइते भएका छन् ।

आज तिलकुन्द चौथी व्रत
शनिबार, माघ १९, २०८१
आज तिलकुन्द चौथी व्रत पवित्र तिल र कुन्द भगवानलाई चढाएर मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पक्षका दिन यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथीका रूपमा समेत मनाउने गरिन्छ ।

‘एचपिभी खोप अभियान सफल बनाउन सबै लागौं’
बिहीबार, माघ १७, २०८१
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पाठेघरको मुखको खोप अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन् । स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर बनाउने Þयुमन प्यापिलोमा (एचपिभी) भाइरस विरुद्धका खोप अभियानमा सफल बनाउन...

सोनाम ल्होसारको सन्देश
बिहीबार, माघ १७, २०८१
नेपाली समाजमा विभिन्न जातजाति र समुदायको आ–आफ्नै मौलिक चाडपर्वहरु रहेका छन् । नेपालको जनसंख्यामध्ये करिब ५.८ प्रतिशत रहेको तामाङ समुदायको ठूलो पर्वका रुपमा सोनाम ल्होसारलाई लिने गरिन्छ ।

आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै
बुधबार, माघ १६, २०८१
देशभर सहिदप्रति सम्मान गर्दै आज सहिद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै सहिद दिवस मनाउन लागिएको हो ।