Shittalpati
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ मा
राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ मा सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि उक्त समयमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
सुनको भाउमा लगातार नयाँ रेकर्ड, इतिहासकै उच्च
सुनको भाउमा लगातार नयाँ रेकर्ड, इतिहासकै उच्च नेपालमा बिहेको लगन सुरु भइरहँदा निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको भाउ बढिरहेको छ । नेपाली बजारमा सुनको भाउले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
तनहुँमा बस दुर्घटना : २ को मृत्यु, ३४ घाइते
तनहुँमा बस दुर्घटना : २ को मृत्यु, ३४ घाइते पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा बस दुर्घटना भएको छ । धनकुटाबाट मुग्लिनहुँदै पोखरातर्फ जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो ।
लागूऔषध मुद्दाका फरार व्यक्ति पक्राउ
लागूऔषध मुद्दाका फरार व्यक्ति पक्राउ लागूऔषध ब्राउनसुगर हिरोइन मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छन् । गुल्मी कालिगण्डकी गाउँपालिका वडा २ घर भई हाल स्याङ्जाको फेदिखोला गाउँपालिका–२ उपल्लो कुँडुले बस्ने ४४ वर्षीय रेशम थापा मगर पक्राउ परेका हुन्  ।
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम 
रामपुरमा महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम  महिला कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम भएको छ । रामपुर नगरपालिका न्यायिक समितिको आयोजनामा वडा २ र ३ का महिला दिदीबहिनीहरुको सहभागितामा रामपुर वडा २ मा एक दिने सचेतना कार्यक्रम भएको हो ।
रामपुर नगरपालिकाले गर्‍यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण
रामपुर नगरपालिकाले गर्‍यो लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण रामपुरमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण भएको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेका योजना, सेवा प्रवाह लगायत विभिन्न ५ वटा सूचकमा रही एक कार्यक्रमका बीच परीक्षण गरिएको हो । 
देउवाले खोले मुख ‘कसैले चाहँदैमा राजतन्त्र फर्किदैन’
देउवाले खोले मुख ‘कसैले चाहँदैमा राजतन्त्र फर्किदैन’ केही दिन अघिदेखि व्यवस्थामाथि विरोध र प्रदर्शन हुँदै आइरहेका बेला मौन रहेका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यस विषयमा मुुख खोलेका छन् ।
आज गुरु नानक जयन्ती मनाइँदै
आज गुरु नानक जयन्ती मनाइँदै प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज सोमबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । कात्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु
सकियो चतुर्मास, विवाह–व्रतबन्धको सिजन शुरु आज कार्तिकशुक्ल पूर्णिमा अर्थात् शरद ऋतुको दोस्रो पूर्णिमा । यसलाई चतुर्मास वा कार्तिकस्नान समाप्त हुने पूर्णिमा भनिन्छ । यो दिन विशेषगरी विष्णुका मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ ।
अर्को संविधानको नाममा युग खेर फालिदैंन : महामन्त्री थापा
अर्को संविधानको नाममा युग खेर फालिदैंन : महामन्त्री थापा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानको नाममा युग खेर नफालिने बताएका छन् । उनले काँग्रेसको नेतृत्वमा आएको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा संविधान नै फेर्ने गरी अहिले टिकाटिप्पीहरु आएको भन्दै अब अर्को संविधानको नाममा युग खेर नफालिने धारणा व्यक्त गरे ।
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु भएको छ । बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको  बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग
तिनाउ कचलका पहिरो पीडितलाई काँग्रेसको सहयोग नेपाली काँग्रेस तिनाउ गाउँपालिका पाल्पाले पहिरो पीडित परिवारलाई राहत सहयोग गरेको छ । काँग्रेसले गत साउनमा अविरल वर्षाका कारण गएको पहिरोले घर खेतमा क्षति पुर्‍याएका  तिनाउ गाउँपालिका– १ कचलका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो ।
Weather Update