Shittalpati
लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण
लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण जिल्लाको तानसेनमा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम भएको हो ।
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आज विश्व स्वास्थ्य दिवस मनाइँदै विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।
सहकारीमार्फत दुरदराजका नागरिकको जीवनस्तर सुधारौं : सांसद राना
सहकारीमार्फत दुरदराजका नागरिकको जीवनस्तर सुधारौं : सांसद राना लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत दुरदराजका नागरिकहरुको जीवनस्तर सुधार गर्ने दिशामा लाग्न सहकारी अभियान्ताहरुलाई आग्रह गरेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । बहुमत नजुट्ने देखेपछि बिहीबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन् ।
डेंगुबाट बच्न सचेतना अपनाउन आग्रह
डेंगुबाट बच्न सचेतना अपनाउन आग्रह स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले डेंगुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । गर्मीयाम सुरु भएसँगै डेंगुको जोखिम  बढ्न थालेको भन्दै मन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको हो । 
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ मा राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिएका हुन् ।
रामपुरमा ६७ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया कार्यक्रम
रामपुरमा ६७ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया कार्यक्रम रामपुरमा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम भएको छ । सहकारी दिवसको अवसरमा रामपुर नगरपालिकाको आयोजनामा सहकारीमा सुशासन प्रविधि र एकिकरण भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मनाएको हो ।
अमेरिकामा रहेका मदनपोखरावासीले पठाए रेडियोलाई आर्थिक सहयोग
अमेरिकामा रहेका मदनपोखरावासीले पठाए रेडियोलाई आर्थिक सहयोग तानसेनको मदनपोखरामा जन्म भई अमेरिका बसोवास गर्दै आएका मदनपोखरावासीहरुले सामुदायिक रेडियो मदनपोरा (सारेम)लाई आर्थिक सहयोग पठाएका छन् । उनीहरुले अमेरिका मदनपोखरा समाजमार्फत २ लाख ९२ हजार २ सय २० रुपैँया सारेमलाई पठाएका हुन् ।
आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै
आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै विश्व अटिजम जागरुकता दिवस आज विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अप्रिल २ मा यो दिवस मनाइने गरिन्छ ।
किसान महासंघ पाल्पा अध्यक्षको जिम्मेवारी अर्याललाई
किसान महासंघ पाल्पा अध्यक्षको जिम्मेवारी अर्याललाई नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ पाल्पामा अध्यक्षको जिम्मेवारी जगन्नाथ अर्याललाई दिइएको छ । जिल्लाको शैक्षिक, सामाजिक, राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका अर्याललाई नेपाल किसान महासंघ केन्द्रीय कार्यालयले अध्यक्षको जिम्मेवारी दिएको हो ।
दुई विधेयक छलफलका लागि पारित
दुई विधेयक छलफलका लागि पारित प्रतिनिधिसभाको आइतबारको बैठकले दुईवटा विधेयकमाथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ ।
Weather Update