Shittalpati
डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने
डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने वन डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई रु १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताए । 
पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला
पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक
२८ दशमलव नौ प्रतिशतले बढे विदेशी पर्यटक यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो । 
प्रतिनिधिसभा : सुनारको परिवारलाई राहतको माग
प्रतिनिधिसभा : सुनारको परिवारलाई राहतको माग नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद गैरेले यही चैत १३ गते हत्या गरिएकी रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी सुनारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै राहतको व्यवस्था गर्न माग...
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ नेपाल प्रहरीले स्रोत नखुलेको नगद रु १८ लाख ५० हजारसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट दुई जनालाई पक्राउ गरेको छ ।
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो ।
मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु
मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एकको मृत्यु सहिद लखन गाउँपालिका–३ घोर्लेस्वाँरामा आज दिउँसो स्कारपियो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गुल्मीमा तीन सय १२ प्रजातिका चरा
गुल्मीमा तीन सय १२ प्रजातिका चरा विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको क्षेत्र हो । जसका कारण गुल्मीका यी दुई क्षेत्रमा बर्सेनि चराका प्रजातिको सङ्ख्या बढिरहेको छ ।
उखु किसानलाई प्रविधिले दियो खुसी
उखु किसानलाई प्रविधिले दियो खुसी परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छ न् ।
स्थानीय सरकारको नजरमा सडक छेउमा व्यवसाय गरी गुजारा गर्दै आएका महिला
स्थानीय सरकारको नजरमा सडक छेउमा व्यवसाय गरी गुजारा गर्दै आएका महिला बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका फुटपाथ, सार्वजनिक चोकमा सामान्य व्यवसाय गरेर स्वरोजगार बनेका महिलालाई सम्मान गर्न थालेको छ ।
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै...
Weather Update