गुल्मीमा दलहरु उम्मेदवार छनोट गर्न व्यस्त
मंगलबार, चैत २९, २०७८
पाल्पामा राप्रपाको घरदैलो अभियान सुरु
सोमबार, चैत २८, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले पनि घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राप्रपाले चुनावी घरदैलो अभियान सोमबारदेखि सुरु गरेको हो । उसले आसन्न स्थानीय तहको निर्वाचनमा राप्रपालाई अमूल्य मत दिएर विजयी गराउन भन्दै घरदैलो अभियान सञ्चालन गरेको छ ।
पाल्पा काँग्रेसको सञ्चार समितिले गर्यो प्रेस युनियनसँग छलफल
आइतबार, चैत २७, २०७८
नेपाली काँग्रेसको सूचना तथा सञ्चार समितिले नेपाल प्रेस युनियनसँग छलफल गरेको छ । समितिले आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा छलफल गरेको हो ।
पाल्पा काँग्रेसले गर्यो जिम्मेवारी बाँडफाँड
आइतबार, चैत २७, २०७८
नेपाली काँग्रेस पाल्पाले जिम्मेवारी बाँडफाँड गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी काँग्रेसले विभिन्न नेताहरुलाई जिम्मेवारी बाँडफाँड गरेको हो ।
निस्दीको नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट
शनिबार, चैत २६, २०७८
जिल्लाको निस्दी गाउँपालिका नवलपुरमा काँग्रेसको कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ । नेपाली काँग्रेस निस्दीको आयोजनामा कार्यकर्ता भेटघाट कार्यक्रम भएको हो ।
जित्नेलाई सिफारिस गरौँ, मेरो होईन हाम्रोलाई उम्मेदवार बनाऔं : नेता केसी
शनिबार, चैत २६, २०७८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आगामी स्थानीय तहको निर्वाचनमा जित्नेलाई मात्र उम्मेदवारका लागि सिफारिस गर्नु पर्ने बताएका छन् ।
तानसेनमा वाइसीएलको नगर कमिटी गठन
शुक्रबार, चैत २५, २०७८
तानसेनमा वाइसीयएल नगर कमिटी गठन गरिएको छ । योङ् कम्युनिष्ट लिग नेपाल तानसेनको भेलाले नविन घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय वाइसीएल नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनिष रावल, चेतन फाल मगर, सचिवमा सुरेश बिष्ट, सहसचिवमा मीन अर्घाली र कोषाध्क्षमा महेश कार्की रहेका छन् ।
बगनासकालीका दुई जना एमाले छाडेर काँग्रेसमा प्रवेश
बिहीबार, चैत २४, २०७८
स्थानीय तहको चुनाव नजिकिएसँगै पाल्पामा काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ । कम्युनिष्ट पार्टीका गतिविधिहरुबाट असन्तुष्ट जनाउँदै काँग्रेस प्रवेश गर्ने क्रम बढेको हो ।
काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघको काजीपौवामा वडा समिति गठन
बिहीबार, चैत २४, २०७८
तानसेन नगरपालिका –७ काजीपौवामा नेपाली काँग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघ वडा समिति गठन भएको छ । नेपाली काँग्रेस वडा कार्यालयको आयोजनामा समिति गठन गरिएको हो । काँग्रेसले ‘घर–घर जाऔ काँग्रेस जिताऔं’ अभियान अन्तर्गत समिति गठन गरेको जनाएको छ । काँग्रेसले रिमा सारुको सभापतित्वमा २७ सदस्यी राष्ट्रिय मगर संघ...
गुल्मीको मालिकामा गठबन्धन
बिहीबार, चैत २४, २०७८
जिल्लाको मालिका गाउँपालिकामा गठबन्धन गरिने भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मालिकामा एमाले विरुद्ध गठबन्धन गरिने भएको हो । यहाँ सरकारमा सहभागी दलले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता देविराम अर्यालले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी...
स्थानीय निर्वाचन : पाल्पामा एमालेविरुद्ध गठबन्धन
बुधबार, चैत २३, २०७८
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पामा एमालेविरुद्ध गठबन्धनले संयुक्त उम्मेदवारी दिने भएका छन् । पाँच दलिय गठबन्धनको बुधबार तानसेनमा बसेको संयुक्त बैठकले संयुक्त चुनाव लड्ने गरी कार्यदल गठन गरेको छ ।
पूर्वखोलाको झिरुदीमा काँग्रेसको अभियान
बुधबार, चैत २३, २०७८
नेपाली काँग्रेसले सञ्चालन गरेको ‘घर घर जाऔं काँग्रेसलाई जिताऔं’ अभियान अन्तर्गतको कार्यक्रम पूर्वखोला गाउँपालिका २ तल्लो झिरुदीमा भएको छ ।
राप्रपा पाल्पाको चुनावी तयारी बैठक
मंगलबार, चैत २२, २०७८
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको चुनावी तयारी बैंठक बसेको छ । चुनावमा कसरी जाने र आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल गर्न राप्रपाले तानसेनमा तयारी बैठक राखेको हो ।


