Shittalpati
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल
गुल्मीमा जलेर घाइते भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल गत शनिबार गुल्मीको इस्मा गाउँपालिका–१ र २ मा आगलागीमा परी जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् ।
आगलागी प्रभावितको राहत र उद्धारमा खटिन गुल्मी काँग्रेसको अपिल
आगलागी प्रभावितको राहत र उद्धारमा खटिन गुल्मी काँग्रेसको अपिल नेपाली काँग्रेस गुल्मीले आगलागी प्रभावितको राहत र उद्धारमा खटिन सबैमा अपिल गरेको छ ।  काँग्रेसले प्रभावितहरुको उद्धार, राहत र उचित बसोबासको व्यवस्थाका लागि तीनै तहका सरकार, राजनीतिक दल, विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहनुहुने सबैमा अपिल गरेको हो ।  
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै १५ दिनमै जसपा सरकारबाट बाहिरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा
लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रीद्वारा राजीनामा लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मन्त्री अहिरको पार्टी जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि राजीनामा दिएका हुन् ।
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृहको निर्देशन
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृहको निर्देशन , गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन पुनः निर्देशन दिएका हुन् ।
लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद्
लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद् लुम्बिनी प्रदेशका सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिना विभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् । 
लुम्बिनी प्रदेशमा सरकार विस्तार
लुम्बिनी प्रदेशमा सरकार विस्तार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विना विभागीयमन्त्री नियुक्त गरेका हुन् ।
१७ महिनापछि संसदीय समितिमा नेतृत्व
१७ महिनापछि संसदीय समितिमा नेतृत्व लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभाका ७ वटा विषयगत समितिमा दलहरुबिच भागबण्डा मिलेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व
लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ ।
संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य
संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो । यससँगै मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका...
राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित भए । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । 
Weather Update