सेना रिसाएपछि सिडियो कहाँ पुगे दलहरु
आइतबार, जेठ ६, २०८१

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
शुक्रबार, जेठ ४, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
बिहीबार, जेठ ३, २०८१
प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरले अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका हुन हो ।

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
बिहीबार, जेठ ३, २०८१
राष्ट्रियसभाको आजको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ । आजको बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आ आफ्नो आसनबाट उठ्नुभएपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक भोलि शुक्रबार दिउँसो १.१५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
बुधबार, जेठ २, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् ।

वडा अध्यक्ष अर्याल भन्छन् : तानसेनको अनियमितता पत्रकारले देखेनन्
मंगलबार, जेठ १, २०८१
नेपाल पत्रकार महासंघ पाल्पाका निर्वतमान अध्यक्ष एवं तानसेन नगर कार्यपालिका सदस्य राजेशकुमार अर्यालले, पाल्पाली पत्रकारहरुले सत्य तथ्य समाचारहरु लेख्न डराएको आरोप लगाएका छन् ।
-1715678775.jpg)
कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन
मंगलबार, जेठ १, २०८१
पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रकेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।

देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड
मंगलबार, जेठ १, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड लिएका छन् ।

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रहः नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गर्नुस्
मंगलबार, जेठ १, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनमा निर्वाध रूपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण बनाउन आग्रह गरे ।

जसपा सरकारबाट बाहिरियो,समर्थन समेत फिर्ता
मंगलबार, जेठ १, २०८१
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको हो ।

उपप्रधानमन्त्री यादवले दिए राजीनामा
सोमबार, वैशाख ३१, २०८१
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् ।

कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो
सोमबार, वैशाख ३१, २०८१
नेपाली कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमितिको आजका लागि निर्धारित बैठक सारिएको छ ।

नवप्रवर्तन कार्यक्रमका लागि पाल्पाका दुुई पालिका छनोट
आइतबार, वैशाख ३०, २०८१
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि पाल्पाका दुुई स्थानीय तह छनोट भएका छन् । नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि छनोट भएका लुम्बिनी प्रदेशका ११ स्थानीय तहमध्ये पाल्पाका दुुई वटा रहेका हुन् ।