शुक्रबार एक हजार दुई सय ३६ संक्रमित डिस्चार्ज
शुक्रबार, मंसिर १२, २०७७
बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु
बिहीबार, मंसिर ११, २०७७
बुटवलमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
छैन स्वास्थ्यचौकीमा औषधि
बिहीबार, मंसिर ११, २०७७
कालिकोटको पलाँता गाउँपालिका–७ थिर्पुमा रहेको स्वास्थ्यचौकीमा अत्यावश्यक औषधिको अभाव भएको छ । निःशुल्क वितरण हुने औषधि खरिदका विषयमा गाउँपालिका र स्वास्थ्य कार्यालयबीच समन्वय नहुँदा सिटामोलसमेत अभाव भएको हो ।
बुधबार तानसेनका थप १८ जनासहित पाल्पामा २५ जनामा कोरोना पुष्टि
बुधबार, मंसिर १०, २०७७
पाल्पामा तानसेनका थप १८ जनासहित पाल्पाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबारबार प्राप्त विवरण अनुसार १३ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त
मंगलबार, मंसिर ९, २०७७
पाल्पामा मंगलबार ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानका ३० पुरुष र १३ जना महिला कोरोना संक्रमण मुक्त भएका हुन् ।
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु
मंगलबार, मंसिर ९, २०७७
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रामपुर नगरपालिका १० का ८४ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
सोमबार पाल्पामा थप १० जनामा कोरोना पुष्टि
सोमबार, मंसिर ८, २०७७
पाल्पामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा थप ३८ जना कोरोनामुक्त, ३९ जनामा संक्रमण पुष्टि
आइतबार, मंसिर ७, २०७७
पाल्पामा थप ३८ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार र आइतबार प्राप्त विवरण अनुसार माथागढीका २ जना, रामपुर नगरपालिकाका ३ जना, रैनादेवी छहराका १ जना, रम्भाका ३ जना, बगनासकालीका २ जना, तिनाउका ४ जना, निस्दीका १ जना र तानसेनका २२ जना गरी ३८ जना संक्रमणमुक्त भएका...
पाल्पामा कोरोनाबाट १९ जनाको मृत्यु, एक हजार ४ सय बढी संक्रमित
शनिबार, मंसिर ६, २०७७
पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शुक्रबारसम्म १९ जनाको मृत्यु भएको छ । बिहीबार राती रामपुर नगरपालिका–५ की ५४ वर्षीय कोरोना संक्रमित महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, मंसिर ५, २०७७
पाल्पामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई विहीबार र शुक्रबार प्राप्त विवरण अनुसार १५ जना पुरुष र ६ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु
शुक्रबार, मंसिर ५, २०७७
पाल्पामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ । रामपुर नगरपालिका –५ की ५४ वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको हो ।
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने
बिहीबार, मंसिर ४, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का संक्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए ।
पाल्पामा बुधबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, मंसिर ३, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बुधबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र १३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।


