पाल्पामा आइतबार थप ८ जनामा कोरोना पुष्टि
आइतबार, कात्तिक २३, २०७७

पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त
शनिबार, कात्तिक २२, २०७७
पाल्पामा शनिबार थप ६१ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई शनिबार प्राप्त विवरण अनुसार माथागढीका ६ जना, रामपुर नगरपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका २२ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका ३ जना, तिनाउ गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका २१ जना...

बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु
शुक्रबार, कात्तिक २१, २०७७
बुटवलमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश असपतालमा नवलपरासी पश्चिमका बर्दधाट नगरपालिका १ का ४७ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज
शुक्रबार, कात्तिक २१, २०७७
नेपालमा कारोना संक्रमण जितेर घर फर्किनेहरुको दर पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप ४ हजार ५ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५२ हजार ९सय ८ संख्या पुगेको छ ।

१ सय ६५ जनामा स्क्रबटाइफस
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लामा साउन यता १ सय ६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको संख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु संक्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् ।

पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा मृत्यु भएपछि दुई पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत दुई पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका दुई जना पुरुषको विहिबार कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ रुप्सेका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा थप कोरोना संक्रमित ४४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेका पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

गुल्मीका कोरोना संक्रमित ८५ वर्षीय पुरुषको बुटवलमा मृत्यु
बुधबार, कात्तिक १९, २०७७
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
.jpg)
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन
बुधबार, कात्तिक १९, २०७७
नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।

पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन
मंगलबार, कात्तिक १८, २०७७
पाल्पामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । पाल्पामा पहिलो पटक रामपुरमा मेडिकल व्यवसाय गर्ने ४४ वर्षिय एक पुरुष स्वास्थ्यकर्मीको निधन भएको हो ।

पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु
मंगलबार, कात्तिक १८, २०७७
पाल्पामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचाररत रामपुर नगरपालिका ७ पाल्पाका ४४ वर्षीय पुरूषको मृत्यु भएको हो ।

पाल्पामा सोमबार ३९ जना कोरोनामुक्त
सोमबार, कात्तिक १७, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप ३९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार रामपुरका १८ जना, बगनासकालीका १७ जना, रैनादेवी छहरा, तिनाउ,पूर्वखोला गाउँपालिका र तानसेन नगरपालिकाका एक÷एक जना संक्रमणमुक्त भएका हुन् ।