जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल
शुक्रबार, मंसिर २६, २०७७
पाल्पामा कोरोना संक्रमणबाट ४४ वर्षिय पुरुषको मृत्यु
शुक्रबार, मंसिर २६, २०७७
तिनाउ गाउँपालिका ६ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिए ।
नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो
शुक्रबार, मंसिर २६, २०७७
नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३ सय संक्रमित भएका अवस्थामा चार करोड ८० लाख...
पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु
शुक्रबार, मंसिर २६, २०७७
पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका –६ का ८७ वर्षीय संक्रमित पुरुषको बिहीबार दिउँसो २ बजे घरमै मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी
बिहीबार, मंसिर २५, २०७७
नेपालको कूल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरस विरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसंख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ ।
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु
बुधबार, मंसिर २४, २०७७
रूपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सैनामैनाका ७३ वर्षीय ती व्यक्तिको मंगलबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
पाल्पा रामपुरका कोरोना संक्रमित पुरूषको बुटवलमा मृत्यु
मंगलबार, मंसिर २३, २०७७
पाल्पा रामपुरका थप कोरोना संक्रमित एक पुरुषको बुटवलमा मृत्यु भएको छ । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रामपुर–४ का ६३ वर्षीय पुरूषको मृत्यु भएको हो ।
भारतमा एकै दिन ३२ हजार बढी संक्रमित
सोमबार, मंसिर २२, २०७७
भारतमा आइतबार थप ३२ हजार ९ सय ८१ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख ७७ हजार २ सय ३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
कोरोना संक्रमितलाई पाँच हजार दिइने
सोमबार, मंसिर २२, २०७७
तारकेश्वर नगरपालिकाले कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरुप रकम दिइने भएको हो ।
पाल्पाका थप ३५ जनाले कोरोना जिते, १५ जनामा संक्रमण
आइतबार, मंसिर २१, २०७७
पाल्पामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आईतबार प्राप्त भएको शनिबार र आइतबारको विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३५ जना संक्रमितले कोरोना जितेका हुन् ।
बुटवलमा थप कोरोना संक्रमित महिलाको मृत्यु
आइतबार, मंसिर २१, २०७७
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप कोरोना संक्रिमत एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका १ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
एकै दिन दुई हजार दुई सय ६ संक्रमित डिस्चार्ज
आइतबार, मंसिर २१, २०७७
पछिल्लो २४ घण्टामा थप दुई हजार दुई सय ६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट दुई हजार दुई सय ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइने तयारी
शनिबार, मंसिर २०, २०७७
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ ।


