पाल्पाका थप ४६ जना कोरोनामुक्त,१४ जनामा संक्रमण देखियो
शनिबार, पुस ४, २०७७
पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो
बिहीबार, पुस २, २०७७
पाल्पामा थप २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।
कर्मचारीमा कोरोना देखिएपछि पूर्वखोलामा जल्पा स्वास्थ्यचौकीको सेवा बन्द
बुधबार, पुस १, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिका २, जल्पा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीको सेवा पूर्ण रूपमा बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ६ जना कर्मचारीमा कन्ट्रयाक ट्रेसिङ गरी स्वाव परीक्षण गर्दा कोरोना देखिएपछि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको हो ।
नेपालमा थप ८ सय ४७ संक्रमित डिस्चार्ज
बुधबार, पुस १, २०७७
पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ८ सय ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
पाल्पामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, पुस १, २०७७
पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार प्राप्त विवरण अनुसार ४ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
गुल्मीमा कोरोनाका कारण १३ जनाको मृत्यु
मंगलबार, मंसिर ३०, २०७७
जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको ज्यान गएको छ । पछिल्लो समय लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा थप एक जनाको ज्यान गएसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु
सोमबार, मंसिर २९, २०७७
पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा १३ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
सुत्केरीलाई कुखुरा
सोमबार, मंसिर २९, २०७७
सुत्करीलाई स्वास्थ्य संस्थामा पुर्याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।
पछिल्लो समयमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै
आइतबार, मंसिर २८, २०७७
पछिल्लो समयमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या बढ्दै छ । २४ घण्टामा एक हजार पाँच सय जना कोभिड–१९ कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९४.९ प्रतिशत पुगेको छ ।
कोरोनाबाट थप १५ को मृत्यु
शनिबार, मंसिर २७, २०७७
नेपालमा कोरोना भाइरसबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोराना भाइरस संक्रमणबाट १५ जनाको मृत्यु भएको हो ।
नेपाल रेडक्रस सोसाइटी पाल्पाले मनायो स्वर्णमहोत्सव
शनिबार, मंसिर २७, २०७७
नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाको स्वर्णमहोत्सव मनाएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पाले शनिबार एक कार्यक्रमका साथ स्वर्णमहोत्सव मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले स्मारिका विमोचन र स्वर्णमहोत्सव लोगो अनावरण गर्दै रेडक्रसले गरेका कामहरु धेरै नै प्रभावकारी रहेको बताए ।
जतिसक्दो चाँडो कोभिड विरुद्धको खोप उपलब्ध गराउने तयारीमा छौँ : मन्त्री पौडेल
शनिबार, मंसिर २७, २०७७
अर्थमन्त्री विष्णु पौडेलले सरकार कोभिड–१९ विरुद्धको खोपलाई जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारीमा जुटेको बताए । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को पाँचौँ महासभालाई आज सम्बोधन गर्दै उनले भने, “सरकार सबैलाई सहजरुपमा कोभिडविरुद्धको खोप उपलब्ध गराउने र यो महामारीबाट छिटोभन्दा छिटो नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित छ ।”
कोभिड–१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा
शनिबार, मंसिर २७, २०७७
कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए ।


