लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै
बुधबार, माघ १४, २०७७
गुल्मीको चन्द्रकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास
आइतबार, माघ ११, २०७७
जिल्लाको चन्द्रकोट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । भवनको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।
आजदेखि खोप प्रदेशमा पठाइँदै
शनिबार, माघ १०, २०७७
कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
पाल्पामा १० जना कोरोना संक्रमित थपिए
शनिबार, माघ १०, २०७७
पाल्पामा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बिहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पूर्व सांसद रायमाझीलाई कोरोना, थप उपचारका लागि काठमाडौं लगियो
शनिबार, माघ १०, २०७७
नेकपाका नेता तथा पूर्व सांसद यादव बहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पतालमा उपचार गराइ रहेका रायमाझीको पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा
शुक्रबार, माघ ९, २०७७
नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर लैजाने बताएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा भएको सिविएचएफए पुनर्ताजगी तालिमको शुक्रबार समापन गर्दै सभापति शर्माले स्थानीयस्तरमै पुगेर रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाउदै लैजाने बताएका हुन् ।
नेपालमा थप ३ सय ३६ जनामा कोरोना
बिहीबार, माघ ८, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
आइपुग्यो कोरोना विरुद्धका खोप
बिहीबार, माघ ८, २०७७
कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे ।
पाल्पाको कोरोना अपडेट, संक्रमित भन्दा निको हुने बढ्दै
बिहीबार, माघ ८, २०७७
पछिल्लो समय जिल्लामा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा कोरोनाबाट ३८ जना व्यक्ति निको भएका छन् भने २१ जना संक्रमित थपिएका छन् ।
पाल्पामा थप ३८ जनाले कोरोना जिते, २१ जनामा संक्रमण
बुधबार, माघ ७, २०७७
पाल्पामा थप ३८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई गत माघ ४ गतेदेखि माघ ७ गतेसम्मको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३८ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार बुधबार तानसेन नगरपालिका भित्रका २० जना संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य स्वयंसेविकाले गरे सुविधा नपाएको गुनासो
बुधबार, माघ ७, २०७७
काम गरे अनुसारको सेवासुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७७/०७८ को पुससम्म कुनै पनि सुविधा नपाएको उनीहरुको गुनासो छ । काम अनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाइन् ।
‘रोग पालेर होइन, फालेर बाँचौं’
मंगलबार, माघ ६, २०७७
‘रोग पालेर होइन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । यस कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।


