Shittalpati
पाल्पामा थप २५ संक्रमित कोरोनामुक्त, २० जनामा संक्रमण पुष्टि
पाल्पामा थप २५ संक्रमित कोरोनामुक्त, २० जनामा संक्रमण पुष्टि स्वास्थ्य कार्यालयका अनुसार शनिबार तानसेन नगरपालिका भित्रका १४ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना,रम्भा गाउँपालिकाका, तिनाउ गाउँपालिकाका र रिब्दीकोट गाउँपालिकाका एक/एक जना कोरोनामुक्त भएका हुन् ।
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध खोप लगाएको ठाउँ रातो हुने, सुन्निने,, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् ।
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै लुम्बिनी प्रदेशका लागि ८८ हजार खोप बुटवल आइपुगेको छ । लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल आइपुगेको हो । सरकारले पठाएको उक्त खोप यस प्रदेशस्थित १२ वटै जिल्लामा मंगलबार पुर्‍याइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
गुल्मीको चन्द्रकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास
गुल्मीको चन्द्रकोटमा १५ शैयाको अस्पताल भवन शिलान्यास जिल्लाको चन्द्रकोट गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । भवनको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।
आजदेखि खोप प्रदेशमा पठाइँदै
आजदेखि खोप प्रदेशमा पठाइँदै कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।
पाल्पामा १० जना कोरोना संक्रमित थपिए
पाल्पामा १० जना कोरोना संक्रमित थपिए पाल्पामा १० जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बिहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार ९ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
पूर्व सांसद रायमाझीलाई कोरोना, थप उपचारका लागि काठमाडौं लगियो
पूर्व सांसद रायमाझीलाई कोरोना, थप उपचारका लागि काठमाडौं लगियो नेकपाका नेता तथा पूर्व सांसद यादव बहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मिसन अस्पतालमा उपचार गराइ रहेका रायमाझीको पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा
रेडक्रसका गतिविधि थप प्रभावकारी बनाउँछौ : शर्मा नेपाल रेडक्रस शोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाएर लैजाने बताएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ८ फेकमा भएको सिविएचएफए पुनर्ताजगी तालिमको शुक्रबार समापन गर्दै सभापति शर्माले स्थानीयस्तरमै पुगेर रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी बनाउदै लैजाने बताएका हुन् ।
Weather Update