पाल्पामा थप १५ जनामा कोरोना, संक्रमितको संख्या १९ सय ८८ पुग्यो
शुक्रबार, चैत २०, २०७७
पाल्पामा कोरोनाबाट थप एकको मृत्यु
बिहीबार, चैत १९, २०७७
जिल्लामा कोरोनाबाट थप एकको मृत्यु भएको छ । तानसेन नगरपालिका ८ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनका अनुसार ति पुरुषको घरमै मृत्यु भएको हो । मृतक पुरुषको किड्नीमा समस्या रहेको बताइएको छ ।
भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४ सय ५९ को मृत्यु
बिहीबार, चैत १९, २०७७
बुधबार कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु भएपछि यहाँ यस प्रकोपको कारण ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार ९ सय २७ जना पुगेको उक्त मन्त्रालयले जनाएको छ ।
वायु प्रदूषणको दीर्घकालीन उपाय खोज्न आग्रह
बिहीबार, चैत १९, २०७७
राष्ट्रिय मानव अधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न ध्यानाकर्षण...
१ सय ६२ जनामा कोरोना हुँदा ५९ जना डिस्चार्ज
बिहीबार, चैत १९, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९ सय १९ मा पिसिआर परीक्षण गर्दा १ सय ६२ मा संक्रमण देखिएको जानकारी दिए ।
नवलपुरमा भेटिए १४ कुष्ठरोगी
बुधबार, चैत १८, २०७७
स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा १४ कुष्ठरोगी भेटिएका छन् । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली नगरपालिकामा एक महिलासहित तीन कुष्ठरोगी भेटिएका हुन् । यस्तै कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका एक/एक पुरुषमा कुष्ठरोग देखिएको छ । हुप्सेकोट, बुलिङटार...
कोरोनाबाट थप ३ जनाको ज्यान गयो
बुधबार, चैत १८, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । मंगलबार तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या तीन हजार तीस पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् ।
बिरामीलाई रिफरले सास्ती मानव अधिकारकर्मीको ध्यानाकर्षण
बुधबार, चैत १८, २०७७
जिल्लामा स्वास्थ्य बिमाका विरामीहरुले सास्ती खेप्नु परेको छ । बिमा गरेका व्यक्तिले पहिलो पटक सरकारी अस्पतालमा जानुपर्ने र त्यहाँ उपचार नभए मात्र अन्य अस्पतालमा रिफर दिने सरकारको प्रावधानले बिरामीले सास्ती पाएका छन् । उनीहरुले रिफर लिनकै लागि दिनभर जिल्ला अस्पतालमा लाईन बसेर मात्र रिफर लेटर पाउनेको गुनासो गरेपछि जिल्लाका मानव...
गरौं योग, रहौं निरोग
मंगलबार, चैत १७, २०७७
पछिल्लो समय नेपालमा पनि योगको महत्व बढ्दै गएको छ । गाउँ–गाउँमा समेत योग शिविर सञ्चालन हुने गरेका छन् । बौद्धिक जमातले समेत योगलाई आत्मसात् गर्न थालेको पाइन्छ । भारतमा बाबा रामदेवले चलाएको योगाभ्यासको प्रभाव नेपालमा पनि देखिएको हो भन्दा अनर्थ नहोला । अचेल योगलाई पनि उपचार पद्दतिको रुपमा हेर्न थालिएको...
अब स्वास्थ्य बीमा ७७ जिल्लामा
सोमबार, चैत १६, २०७७
यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले जानकारी दिए । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम तथा वैशाखमा काठमाडौँ र ललितपुरमा लागू थालिएको हो ।
श्रीनगर युवा रेडक्रस सर्कलद्वारा छात्रालाई ‘स्यानिटरी प्याड’
शुक्रबार, चैत १३, २०७७
रजस्वलाका बेलामा पनि नियमित रुपमा विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले सामुदायिक विद्यालयका छात्राहरुलाई ‘स्यानिटरी प्याड’ वितरण गरिएको छ ।
नेपालमा थप ९० जना संक्रमित डिस्चार्ज
बुधबार, चैत ११, २०७७
पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशमाका विभिन्न अस्पताल तथा आइशोलेसनमा रहेको ९० जना संक्रमित बुधबार डिस्चार्ज भएका हुन् ।
पाल्पामा फेरी देखिन थाल्यो कोरोना, थप १२ जनामा संक्रमण
बुधबार, चैत ११, २०७७
पाल्पामा पुनः कोरोना संक्रमण देखिन थालेको छ । पल्छिलो केही समय जिल्लामा संक्रमण देखिएको थिएन । छिमेकी देशहरुमा संक्रमणको दर बढ्दै जान थालेपछि पाल्पामा पनि संक्रमण देखिन थालेकको हो ।


