Shittalpati
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप
गुल्मीमा २८ सय बढीले लगाए कोरोना विरुद्धकोे खोप गुल्मीमा २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएका छन् । पहिलो चरण र दोस्रो चरणमा लगाइएको तथ्याड्ढ अनुसार हालसम्म २८ सय बढीले कोरोना विरुद्धको खोपको लगाएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए । पहिलो चरणको माघको १५ देखि सुरु गरिएको थियो ।
अस्पतालमा रिफर लिनेको भिड
अस्पतालमा रिफर लिनेको भिड रिफर कार्ड लिनका पाल्पा अस्पताल लाईनमा बसेका विरामी र आफन्त । नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत फागुन १ गतेदेखि लागु हुने गरी अन्य अस्पतालका लागि सरकारी स्वास्थ्य संस्थाको रिफर अनिवार्य गराएपछि पाल्पा अस्पतालमा रिफर लिनेहरुको भिड बढेको छ ।
अण्डा र झण्डा वितरण :
अण्डा र झण्डा वितरण : माथागढी गाउँपालिका २ रुप्सेका गर्भवती महिलालाई अण्डा र झण्डा वितरण गर्दै वडा अध्यक्ष जनक रिजेल र स्वास्थ्यचौकी प्रमुख यमबहादुर चिदी ।
बगनासकालीले बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माण गर्दै
बगनासकालीले बर्थिङ सेन्टर सहितको स्वास्थ्यचौकी भवन निर्माण गर्दै जिल्लाको बगनासकाली गाउँपालिकाले आम नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बर्थिङ सेन्टर सहितका स्वास्थ्यचौकी भवन निर्माण गर्न थालेको छ । गाउँपालिका भित्र रहेका स्वास्थ्यचौकी भवनहरु आधुनिक र व्यवस्थित नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असहज भइरहेका बेला गाउँपालिकाले आधुनिक भवन सहितका स्वास्थ्यचौकीहरु निर्माण गर्न लागेको हो ।
कोरोनाबाट विदेशमा दुई नेपालीको निधन
कोरोनाबाट विदेशमा दुई नेपालीको निधन कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३५ जना पुगेको छ ।
पाल्पामा किट नहुँदा कोरोना परीक्षण रोकियो
पाल्पामा किट नहुँदा कोरोना परीक्षण रोकियो पाल्पाको तानसेनास्थित प्रयोगशालामा किट अभावका कारण कोभिड–१९ को पीसीआर जाँच रोकिएको छ । कोरोना भाइरस जाँचका लागि आवश्यक पर्ने ‘एक्स्ट्रयाक्सन’ किट सकिएपछि बिहीबारदेखि पिसिआर टेष्ट रोकिएको हो । परीक्षण नभएपछि अहिले प्रयोगशाला बन्द रहेको छ ।
१ सय २७ सङ्क्रमित
१ सय २७ सङ्क्रमित कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण आज १ सय २७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
शिक्षकलाई खोप लगाउने तयारी
शिक्षकलाई खोप लगाउने तयारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपङ्तिमा खटिने शिक्षक–कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो ।
दोस्रो चरणको कोरोना विरुद्ध खोप अभियान शुरु
दोस्रो चरणको कोरोना विरुद्ध खोप अभियान शुरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान सोमबारदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले सोमबारदेखि दोस्रो चरणको खोप शुरु गरेको हो ।
गुल्मीमा १७ सय बढीले लगाए कोरोना विरुद्धको खोप
गुल्मीमा १७ सय बढीले लगाए कोरोना विरुद्धको खोप गुल्मीमा पहिलो चरणमा एक हजार सात सय भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरण अन्तर्गत १ हजार ८ सय ८१ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा १ हजार ७ सय ४५ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय गुल्मीका कार्यालय प्रमुख डा.भवानी प्रसाद शर्माले जानकारी दिए ।
पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य
पत्रकारलाई कोभिड खोप निःशुल्क प्रदान गर्न गृहकार्य सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासंघका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार : नीति, कार्यक्रम तथा बजेट’ विषयको अन्तत्र्रिmयामा मन्त्री गुरुङले कोभिड प्रभावित श्रमजीवी पत्रकारलाई राहत प्याकेज ल्याइने घोषणासमेत गरे...
पाल्पामा शनिबारसम्म २७ सय १२ जनाले लगाए कोरोना विरुद्धको खोप
पाल्पामा शनिबारसम्म २७ सय १२ जनाले लगाए कोरोना विरुद्धको खोप जिल्लामा सञ्चालित कोभिड १९ विरुद्धको खोप अभियान अन्तगर्त शनिबारसम्म २७ सय बढीले कोरोना खोप लगाएका छन् । जिल्लाका ४ खोप केन्द्रबाट शनिबार ५० जनाले लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या दुई हजार ७ सय १२ पुगेको हो ।
Weather Update