Shittalpati
प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’
प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’ विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैं पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पनि बिरामीको चापले तत्काल स्वास्थ्य परिक्षण गर्न नपाएर घण्टौँसम्म पालो पर्खेर बस्नुपर्ने समस्या बिरामीले झेल्नुपर्छ ।
डेङ्गु सङ्क्रमण ह्वातै घट्यो
डेङ्गु सङ्क्रमण ह्वातै घट्यो वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै...
डेङ्गुबाट ४८ को मृत्यु
डेङ्गुबाट ४८ को मृत्यु हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।
पाल्पामा एकै दिन २३ जनामा कोरोना
पाल्पामा एकै दिन २३ जनामा कोरोना पाल्पामा एकै दिन थप २३ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन २३ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाभरबाट परीक्षण गरिएका ५ सय ७९ नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाइन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको...
देशभर ६ सय २८ जना सक्रिय संक्रमित
देशभर ६ सय २८ जना सक्रिय संक्रमित पछिल्लो २४ घण्टामा ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ सय ३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
छहराको भुवनपोखरीमा आयुर्वेदिक क्लिनिक सञ्चालन
छहराको भुवनपोखरीमा आयुर्वेदिक क्लिनिक सञ्चालन जिल्लाको रैनादेवीछहरा गाउँपालिकाले वडा नंं ३ भुवनपोखरीमा नागरिक आरोग्य सेवा गाउँ घर क्लिनिक सेवा सुुरु गरेको छ । नागरिक आरोग्य सेवाको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गरे ।
कोरोनासँगै डेंगुको सामना
कोरोनासँगै डेंगुको सामना विश्वभर हलचल मच्चाइरहेको कोरोना महामारीले तनाव दिइरहेका बेला नेपालमा फेरी डेंगुको प्रकोपले अर्को तनाव सिर्जना गरिदिएको छ । कोरोना संक्रमणसँग लडिरहेका नागरिकहरु यति बेला डेंगुको प्रकोपसँग सामना गरिहेका छन् । कोही कोरोनासँग लडिरहेका छन् भने कोही डेंगुसँग । कतिपले यी संक्रमणलाई जित्न सफल भएका छन् भने कोही पराजित भई मृत्युको...
रक्तसञ्चार केन्द्र नहुँदा उपचारमा समस्या
रक्तसञ्चार केन्द्र नहुँदा उपचारमा समस्या पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शैयामा सञ्चालित सो अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप...
घट्दै कोरोना संक्रमण
घट्दै कोरोना संक्रमण पछिल्लो केही दिन यता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । अहिले सय भन्दा कम संख्यामा संक्रमित देखिन थालेका छन् । सोमबार ९१ जनामा संक्रमण देखिएको थियो ।
पाल्पामा डेंगुको महामारी, एकको मृत्यु, एक सय २१ विरामी
पाल्पामा डेंगुको महामारी, एकको मृत्यु, एक सय २१ विरामी पाल्पामा डेंगुले महामारीको रूप लिएको छ । साउनको पहिलो सातादेखि फाटफुट्ट देखिएको डेंगु अहिले महामारीको रूपमा देखा पर्न थालेको हो । साउन महिनामा मात्र २३ जनामा देखिएको डेंगुको संक्रमण अहिले १ सय २१ जनामा पुगेको छ । एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु...
पाल्पामा डेंगु संक्रमित पुरुषको मृत्यु
पाल्पामा डेंगु संक्रमित पुरुषको मृत्यु पाल्पामा डेंगु संक्रमित एक पुरुषको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु संक्रमित पुरुषको ज्याज गएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शनिबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
Weather Update